😢मेरो विवाह विदेशमा भयो भन्दैमा म ‘विदेशी’ कसरी भएँ?😰
देशमै 🇳🇵केही गर्छु भन्दा “विदेशी” भन्दै खुट्टा तान्ने? 🥺
आशिका तामाङ जव प्रत्यक्ष राजनीतिमा समावेश भइन्, त्यसपछि उनको नागरिकताको विषयलाई लिएर आलोचना सुरु हुन थाल्यो । उनले जर्मनी नागरिकसँग विवाह गरेपछि उनले जर्मनीको पासपोर्ट लिएकी अथवा त्यहाँको पीआर लिएकी भनेर धेरैले चर्चा चलाइरहेका छन्। तर त्यो कुरा आशिकाले सुरुदेखि नै खण्डन गर्दै आइरहेकी छिन्।
“मैले पीआर होइन, टीआर लिएको हो। नेपालको नागरिकता मैले त्यागेको छैन। नेपाली पासपोर्ट बोकेर नै हिँड्दै आएको छु,” भन्छिन्। 🇳🇵✈️
त्यही सन्दर्भमा उनले फेसबुकमार्फत एउटा स्टाटस लेखेकी छिन्, जहाँ उनले भनेकी छिन् 👇
हरेक नेपाली वैदेशिक रोजगारीमा जान्छ रहरले होइन, बाध्यताले।
म पनि जर्मनी गएँ, नेपाल सरकारबाट श्रम स्वीकृति लिएर।
आज म मेरो विवाहको विषयमा पनि प्रस्ट पार्न चाहन्छु।
माया, प्रेम र विवाह कुनै पार्टी वा पासपोर्टले तय गर्ने कुरा होइनन्। जन्म, मृत्यु र विवाह भगवानले लेखेर पठाउनुहुन्छ। 🙏❤️
मेरो विवाह विदेशमा भयो भन्दैमा म ‘विदेशी’ कसरी भएँ?
विदेशमा बस्ने हामीलाई एउटा नेपाली पासपोर्ट नवीकरण (Renew) गर्न कति सास्ती हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा छ। दूतावासमा समय नपाइने, छुट्टी नमिल्ने—यति हुँदाहुँदै पनि मैले आजसम्म न नेपाली नागरिकता त्यागेँ, न पासपोर्ट।
म जहाँ भए पनि छाती फुलाएर “म नेपाली हुँ” भन्दै हिँडेकी छु। 🇳🇵💪
मेरो एउटै प्रश्न छ ❓
हामीले पठाएको रेमिटेन्स चल्ने, तर हामी नचल्ने?
हामीले भोगेको पीडा नदेखिने, तर विदेशबाट केही सिकेर देशमै केही गर्छु भन्दा “विदेशी” भन्दै धकेलिनु—कस्तो न्याय हो? 💭💔
विदेशबाट फर्किनेलाई शंका होइन, सम्मान चाहिन्छ।
श्रम बेच्न बाध्य भएकालाई दोष होइन, अवसर चाहिन्छ। ✊🌱
यो देश हामी सबैको हो—
विदेशमा पसिना बगाउनेको पनि,
र फर्केर देश बनाउन चाहनेको पनि! 🇳🇵🙏
#ashikatamang #RSPNepal #smartnepal
