😳किताब बेचेर कारखाना चलाउँछु भन्ने म बेवकुफ हैन महा बेकुफ हो, उनी विद्वान 📚🏭

 😳किताब बेचेर कारखाना चलाउँछु भन्ने म बेवकुफ हैन महा बेकुफ हो, उनी विद्वान 📚🏭



केहि समय अगाडि ने का पा एमाले का नेता राम कुमारी झाँक्री ले एक कार्यक्रममा डा. महाबिर पुन लाई बेलुब मन्त्री भनेकी थिइन्। उक्त कुरालाई लिएर झाँक्री को धेरै आलोचना भयो। त्यही सन्दर्भमा डा. पुन ले भिडियो मार्फत झाँक्री लाई गाली नगर्नु भनेका छन्। 🎥


डा. पुन भन्छन्:

-नेपाली दाजु है तथा दिदी बहिनी हरु राम कुमारी झाँक्री लाई केहि नभन्नु गाली नगर्नु होला। उनले जानिनन् त के गर्नु फेरि उनलाई तनाव होला। उनले भनेको कुरा ठिकै हो के, म बेवकुफै हो के। बेकुफ नभएको भए कहाँ यसरी नेपाल मा आएर डुल्थे त नि। अब अहिलेसम्म जागिर गरेको छैन अमेरिका पढेको मान्छे। जागीर नगरेको मान्छे बेकुफ नभएर के हुन्छ त? अनि केहि व्यापार व्यवसाय गर्न जान्दै जान्दैन यो बेकुफ ले। अनि चाहिँ खेती किसानी गर्न जानेकै छैन। त्यही डुल्नु मात्रै जानेको छ। त्यही गाउँ गाउँ डुल्ने गाउँले हरु लाई सगाउँछु भन्ने। गाउँले हरु ले जे दिन्छन् खाने, जहाँ सुताउँछन् सुत्ने। अब यस्तो मान्छे बेकुफ नभएर के हुन्छ त? अनि अर्को कुरा त्यत्रो सरकार ले गर्नु पर्ने काम। राष्ट्रिय आविष्कार केन्द्र जस्तो अनुसन्धान केन्द्र नव प्रवर्द्धन केन्द्र खोल्छु भनेर उफ्रिने त्यो बेलुब महा बेकुफ हो त्यो चाहिँ। अनि कवाडी भएको ३० वर्ष को कवाडी कारखाना, त्यो वीरगञ्ज को कृषि कारखानालाई किताब बेचेर चलाउँछु भन्ने मुर्दार त्यो बेकुफ हो त्यो त त्यो। त्यो जस्तो बेलुब मान्छे लाई बेकुफ भनिन्, एकदम ठिक भनिन्। लु हाम्रो झाँक्री बहिनी लाई कसैले केहि नगर्नु है? अब हुँदा हुँदा राजनीति को केहि र पनि नजान्ने मान्छे चुनाव लडेर संसद हुन्छु भनेको छै। यस्तो मान्छे लाई बेलुब नभनेर के भन्ने त? एकदम ठिक भनेकी छिन्। उहाँ त धेरै जान्ने सुन्ने मान्छे विद्वान बहिनी हुन् नि त म जस्तो बेकुफ कहाँ छिन् त? मेरो विनम्र अनुरोध हो है त कसैले गाली नगर्नु। 🙏


#mahabirpun #ramkumarijhakri #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post