रुपन्देही क्षेत्र नं २ मा एउटा यस्तो “पागल” व्यक्ति छन्

 😳रुपन्देही क्षेत्र नं २ मा एउटा यस्तो “पागल” व्यक्ति छन् 🤍 जो चुनाव जित्न प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका होइनन्, उहाँ त जनताको सेवा गर्न उभिएको छ ।


१. हो, ऊ पागल हो 🤯 जसले देश बिरामी भयो भन्दै सन्चो बनाउन आफू बिरामी भए पनि पर्वाह गर्दैन ।

२. हो, ऊ पागल हो 😌 जसले पागल–पागल कुरा गर्छ, तर असम्भव होइन नेपालीको हितको कुरा गर्छ ।

३. हो, ऊ पागल हो 🩺 जसले मेडिकलका सामान र केही औषधि बोकेर मतदाताको घर–घर गएर ब्लड प्रेसर नाप्दै सन्चो–बिसन्चो सोध्दै हिँड्छ ।

४. हो, ऊ पागल हो ❤️ जसले आफ्नो जीवनको आधा उमेर बितिसक्दा पनि आफ्नोभन्दा अरूको चिन्ता गर्छ ।

५. हो, ऊ पागल हो 😷 जसले आफ्नो जीवन दाउमा लगाएर विगतमा कोरोना बिरामीहरूको उपचार गरेको थियो, जब अस्पतालले “अब सक्दैनौँ, बेड छैन” भनेका थिए ।

६. हो, ऊ पागल हो 🌿 जसले गाँजा वैधानिक बनाउँछु भनेर हिँडेको छ, जब कि धेरै देशमा गाँजा बेचेरै अर्थतन्त्र बलियो बनाएको प्रमाण छ ।

७. हो, ऊ पागल हो 😅 जसको बोली हामीले मजाक बनाइरहेका छौँ ।

८. हो, ऊ पागल हो ✊ जसले आजसम्म कुनै पनि राजनीतिक पार्टीको छाता ओढेको छैन र सधैं सत्यको बाटो रोजेको छ ।

९. हो, ऊ पागल हो ⏳ जसले अरूको निम्ति आफ्नो समय खर्चिन्छ ।

१०. हो, ऊ पागल नै त हो 😢 जसले अरूको आँसु देख्न सक्दैन, दुःख देख्न सक्दैन, अन्याय सहन सक्दैन, भ्रष्टाचार सहन सक्दैन, विकृति–विसंगतिको विरुद्ध आज पनि बोलिरहन्छ ।


के ऊ साँच्चै पागल नै हो? 🤔

कि यस्तो “पागलपन” नै देशलाई चाहिएको साहस हो? 🇳🇵✨

#nicholousbhusal #rupandehi #smartnepal

रुपन्देही क्षेत्र नं २ मा एउटा यस्तो “पागल” व्यक्ति छन् रुपन्देही क्षेत्र नं २ मा एउटा यस्तो “पागल” व्यक्ति छन् Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 23, 2026 Rating: 5

No comments

Videos