😳केपी ओलीले देश 🇳🇵चलाउन जानेका छन्, बालेनले मोबाइल📱 चलाउन जानेका छन्।
दिल निानी मगर फेसबुकमा लेख्छन्:
- केपी ओली र बालेन बीचको फरक
१. केपी ओली प्रधानमन्त्रीको रूपमा अपदस्थ भइसकेपछि हालसम्म साना–ठूला मिडियामा गरेर करिब १९ पटक अन्तर्वार्ता दिइसकेका छन्। मिडियाका सम्पादकहरूलाई बोलाएर देशमा देखिएको राजनीतिक संकटबारे सामूहिक छलफलसमेत गरिसकेका छन्। तर बालेनले भने एउटा पनि मिडिया फेस गरेका छैनन्। यति ठूलो भौतिक र मानवीय क्षति हुँदा पनि यसबारे कतै आफ्नो धारणा व्यक्त गरेका छैनन्। यसरी मूल्यांकन गर्दा केपीभन्दा बालेनको स्वभाव निकै नै तानाशाही प्रवृत्तिको देखिन्छ।
२. दुबै मिर्गौला फेरेर नियमित औषधि सेवन गरिरहेका ७३ वर्षको उमेरमा पनि केपी ओली जनतासँगको भेटघाटमा शान्तपूर्वक जवाफ दिइरहेका छन्। तर उमेरको हिसाबले केपी ओलीभन्दा ३८ वर्षले कान्छा बालेन भने आत्तिने, हडबडाउने, मान्छे धकेल्ने, गाडीलाई हान्ने, फूलमाला टाढैबाट हुत्त्याइदिने, क्यामेरामा झम्टिने, घण्टीको राँलो चुडिने गरी बजाइदिने जस्ता अस्वाभाविक हर्कत गरिरहेका छन्। मनोवैज्ञानिक रूपमा बालेनभन्दा केपी ओली बलियो देखिन्छन्।
३. जेन–जी आन्दोलनको प्रमुख निशानामा परेका केपी ओली सार्वजनिक यात्रामा सामान्य तरिकाले हिँडिरहेका देखिन्छन्। उनका लागि सुरक्षाकर्मीहरू सामान्य रूपमा परिचालित छन्। तर बालेन अगाडि–पछाडि प्रहरीका गाडीहरूको लस्कर लगाएर हिँडिरहेका छन्, र उनको श्रीमतीसमेत सिभिल प्रहरीको सुरक्षामा छन्। शारीरिक हाउभाउ र भावभंगी हेर्दा केपी ओलीभन्दा बालेनले असुरक्षित महसुस गरिरहेका जस्ता देखिन्छन्।
४. जनतासँग छलफल गर्दा बालेनमा टार्ने प्रवृत्ति, चिडचिडापन र राजाले जस्तो टाउको हल्लाएर हिँडिहाल्ने शैली देखिन्छ। बालेन एउटा स्थानमा ३ मिनेटभन्दा धेरै बसेको देखिँदैन। तर केपी ओलीले भने ढुक्कसँग आलोचना पनि सुनेका छन्, हरेक प्रश्नको उत्तर दिइरहेका छन्। तर बालेन भने जनताका प्रश्नसँग शिकारी नजिक पर्दा भागेको मृग जस्तै भागिरहेका छन्।
५. बालेन जसरी भए पनि प्रधानमन्त्री भएरै छाड्ने ‘वन डाइरेक्सन’ लक्ष्यमा हिँडिरहेका देखिन्छन् भने केपी ओलीले भूराजनीति, देशको सार्वभौम सत्ता, संविधानको भविष्य र म्यानिपुलेटेड युवाको जमातप्रति चिन्ता गरिरहेका देखिन्छन्।
६-केपी ओलीले देश चलाउन जानेका छन्, बालेनले मोबाइल चलाउन जानेका छन्।
[निष्पक्ष विश्लेषण]
- Dil Nishani Magar
#kpoli #dilnishanimagar #Balenshah #balen #smartnepal
