वरिष्ठ कलाकार सुनिल थापाको नि*धनपछि बलिउड अभिनेत्री प्रियंका चोपडाले भावुक स्टाटस 😥💔
चलचित्र ‘मेरी कोम’ मार्फत सहकार्य गरेकी प्रियंकाले फेसबुकमार्फत सुनिल थापाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उहाँलाई “सधैंको कोच” भनेर सम्झेकी छन्।
आफ्नो बुवालाई गुमाएर जीवनको अत्यन्त पीडादायी अवस्थामा रहेकी बेला सुनिल थापाले आफूलाई सम्हालेको, बलियो बनाएको र न्यानो साथ दिएको स्मरण गर्दै प्रियंकाले लेखेकी छन्—
“तपाईंको न्यानो अँगालो र हँसिलो अनुहार सधैं मेरा सम्झनामा रहनेछ। छिट्टै हामीबाट टाढा हुनुभयो, तर कहिल्यै भुलिने छैन।”
प्रियंकाले कठिन समयमा देखाएको दयालु व्यवहारका लागि धन्यवाद दिँदै सुनिल थापाको आत्माको शान्तिको कामना र परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। 🕊️🙏
Rest in peace, Sunil Thapa Sir. 🕯️🌹
#sunilthapa #priyankachopra #smartnepal
