महाविर भन्छन्: झाँक्रिलाई भगवानले सत्बुद्धि दिउन ।
केहि समयअगाडी एमाले नेता राम कुमारी झाँक्रिले एक कार्यक्रममा डा. महाविर पुनलाई बेकुफ मन्त्री भनेपछि साधारण भाषामा गाली नगरी डा. पुनले फेसबुकमा स्टाटस लेखेका छन् ।
उनी लेख्छन्:
- एमालेमा यस्तै यस्तै कुबुद्धि भएका हावा नेताहरु निस्के भने एमाले सिद्धिएर जान्छ। आफुले नै गरिखान नसके पछि हावा गफ गर्ने, अरुलाई गाली गलौज गर्ने र आफु भन्दा जान्ने कोहि छैन भन्ने एमालेका साथीहरु लाई मेरो सुझाव - तपाईँहरु भन्दा सत्बुद्धि भएका अरु मान्छेहरु पनि नेपालमा छन् । आफुहरु मात्र राम्रो र अरु सबै नराम्रो भनेर नसोच्नु होला। तपाईहरुलाई जनताले चिनिसकेका छन्। एमालेका नेताहरुलाई भगवानले सत्बुद्धि दिउन !!!🇳🇵🇳🇵🇳🇵
#mahabirpun #smartnepal #Ramkumarijhakri
