😳 के म अर्कै ग्रहको मान्छे हो र 💔?- Santosh Deuja
केही समय अगाडि कान्तिपुरले आयोजना गरेको एक कार्यक्रमलाई लिएर यतिबेला सामाजिक सञ्जाल दुई भागमा विभाजन भएको छ। कार्यक्रमको सुरुवातमा सञ्चालिका समा थापाले सन्तोष देउजाको परिचय माग्ने क्रममा अलि फरक शैली अपनाएकी थिइन् 🤔
उनको प्रश्न थियो— तपाईँ आफ्नो परिचय कसरी दिनुहुन्छ? तपाईँ आफू पत्रकार हो जस्तो लाग्छ? इन्फ्लुएन्सर हो जस्तो लाग्छ? तपाईँको मिडिया अथवा सामाजिक सञ्जाल ध्यान दिएर हेर्ने हो भने फेरि रेनु दाहालको एडमिन हो कि जस्तो पनि लाग्छ। तपाईँ आफूलाई चिनाउँदा कसरी चिनाउनुहुन्छ?
त्यसपछि सन्तोष देउजाले ठुलो आवाजमा जवाफ दिए 🔥
म गर्वका साथ भन्छु म सोशल मिडिया इन्फ्लुएन्सर हो। एक। अब रेनु दिदीको काममा देखिनुहुन्छ भन्नुभयो नि? यो देश किन बनेन? यो देश किन बनेन्, राम्रा मान्छेलाई समर्थन नगर्दा खेरी। राम्रो मान्छेलाई सपोर्ट नगर्दा खेरी बनेन् । मैले नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद भनेको छैन नी। मैले राम्रो काम गर्ने व्यक्तिलाई समर्थन गर्दा के बित्यो? तपाईँ पनि चितवनकै हुनुहुन्छ, मैले एयरपोर्टमा रिसिभ गरेँ, बाटोमा आउँदा बनेको बाटोघाटो तपाईँको आँखाले देख्यो नि त। कहीँ घच्चकघुच्चुक हुनुपर्यो? राम्रो काम गरेको व्यक्ति त्यो पार्टी हेरीदैन। मैले रेनु दाहाललाई पनि समर्थन गरेको छु। मैले सर्लाही ४ मा गएर गगन थापालाई पनि भेटेको छु। मलाई दुर्गा प्रसाईं असाध्यै मन पर्छ, उहाँको राजा ल्याउनुपर्छ भन्ने एजेन्डा बाहेक म उहाँसँग सहमत छु। ऋषि धमलालाई देखेर पत्रकार बनेको हुँ। तपाईँ राम्री देखिनुहुन्छ, पहिले देखि आवाज सुन्दै आएको हुँ। मैले राम्रो भनेँ भने के फरक पर्छ? मन परेको मान्छेलाई समर्थन गर्दा के जान्छ के? रेनु दाहाल मन पर्यो, संसारभरिका स्वतन्त्र मान्छेले प्रशंसा गरिरहेका छन्, म के अर्कै ग्रहको मान्छे हो र?
यो जवाफपछि धेरै दर्शक र स्रोताले सन्तोष देउजाको अभिव्यक्तिलाई सही भन्दै रेनु दाहाल र सन्तोष देउजाको समर्थन गरेका छन् 👍 साथै कार्यक्रम सञ्चालिका समा थापामाथि सामाजिक सञ्जालमा आलोचना र गालीको वर्षा भइरहेको छ 🌧️
प्रश्न सोध्नु पत्रकारको धर्म हो 📝 निकृष्ट वा निष्ठावान व्यवहार व्यक्तिको आफ्नै शैली र जिम्मेवारी हो। उपस्थित पाहुनाले आफ्नो धारणा व्यक्त गर्नु उहाँको अधिकार र दायित्व दुवै हो, र उत्तरदायी भूमिका निर्वाह गर्नु सबै पक्षको कर्तव्य हो ⚖️
#santoshdeuja #renudahal #samathapa #smartnepal
