😳 कसैले कसैको पाउ कसरी छुन सक्छ? 🤔

 😳 कसैले कसैको पाउ कसरी छुन सक्छ? 🤔



🥰झापामा घरदैलो गर्न बालेन फर्किएका छन्। घरदैलो गर्दै गर्दा एक जना सामान्य परिवारका युवा, जसको काखमा सानो छोरी छ, उसले बाटोमा बालेनलाई देखेपछि केही नभनी हतारहतार गएर शिर नुहारी खुट्टा ढोग्छ। आफ्नो शिर भुइँसम्म निहुराएर बालेनको खुट्टा ढोग्नु कुनै सामान्य कुरा होइन। त्यत्तिकैमा बालेनले उनलाई खुट्टा ढोग्न नदिई आफैंले उनलाई छोएर फेरि ढोग्छन्। तर दुवै जनाको ढोगाइमा धेरै फरक छ। 🙏


🙏एक जनाले स्वयं बालेनलाई भगवान् मानेर ढोगे भने अर्का बालेनले सबैको आत्माभित्र भगवान् हुन्छन्, खुट्टाले लाग्यो भनेर भाव देखाए। ✨


आजभन्दा सयौँ वर्षअघि कडा राणाहरूको शासनमा जनताले नोकर बराबरको दर्जा पाउँथे। जहाँ राणाहरूको बाटोमा सवारी हुँदा जनताले बाटोबाट भाग्नुपर्ने, चप्पल खोल्नुपर्ने अनि सामान्य शिक्षाबाट पनि पूर्ण रूपमा वञ्चित थिए। त्यो समयमा जनताले डरले सम्मान गर्थे। पछि शासन परिवर्तन हुँदै ती व्यवहारहरूमा पनि परिवर्तन आयो। अहिले गणतन्त्रमा कोही कसैको मनबाट प्यारो छ भने त्यो रवि बालेनजस्ता व्यक्ति हुन्। जो नेता भएर पनि अरू नेताभन्दा फरक छन्। मध्यम वर्गीय परिवारहरूको आत्मीय बनेका यी व्यक्तिलाई मानिसले देवतासरह सम्मान व्यवहार गर्छन्। उनीहरूको चरण पर्दा ठूलो खुशी मिल्छ। ❤️


यो सम्मान पाउन भने त्यति सजिलो यात्रा पक्कै थिएन र अब यो सम्मानलाई स्थिर राख्न अझ कठिन यात्रा गर्नुपर्ने छ। मध्यम वर्गीय परिवारलाई आफ्नो बनाउन जति सजिलो छ, उनीहरूले पराइ ठान्न त्योभन्दा सजिलो छ। बालेन एउटा भरोसा हुन्, एउटा आशा हुन्, एउटा शक्ति हुन्, जसले नेपालीको भविष्यको भाग्य कोर्छन् भनेर बुझेका छन्। 💪


के बालेनले यो साख जोगाउन सक्लान् त? 🤔

#balen #Balenshah #Balenshah #RabiLamichhane

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post