स्वर्गीय श्रीमतीलाई सम्झेर भावुक प्रचण्ड ।
स्वर्गीय श्रीमतीलाई सम्झेर भावुक प्रचण्ड ।
आज प्रणय दिशव, धेरैको दिनआज खुशीले बित्यो होला । देशका शीर्ष नताहरुको कुरा गर्दापनि के पि ओली देखी गगन थापा सम्मले आफ्नो श्रीमतीको फोटो हालेर शुभकामना दिए । तर कमरेड पुष्प कमल दाहाल परचण्डको दिन खल्लो रह्रयो । हुनपनि शेर बहादुर, के पी ओली लगायतका समकालीन उमेरका नेताहरुको श्रीमती साथैमन छन् सिवाय प्रचण्डको । उनलाई आज भन्दा लगभग ३ वर्ष अघि उपचार गर्ने क्रममा श्रीमती सिता दाहालले छोडेर गएकि हुन । प्रचण्ड श्रीमती सीता धेरै राम्रो मनको मान्छे भनेर सबैले तारीफ गर्दथे । सिता पनि लडाकु थिईन र उनिहरुको भेट संकटकालमै भएको थियो । जिवनको हरेक दुःखको समयका सँधै साथ दिएकि सिताले जिवनको सुख खासै लामो समय अनुभव गर्न पाईनन् । आज प्रचण्ड ति हरेक कुरा सम्झेर भावुक भए । उनले फेसबुकमा पुरानो तस्विर सेयर गर्दै यसो लेख्छन् ।
- प्रिय सीता,
आज प्रणय दिवस!!
तिमीप्रति उच्च सम्मानसहित स्नेहपूर्ण सम्झना।
जीवनका ५५ वसन्त हामीले सँगै बितायौं। जीवन–मृत्युका अनेक उतार–चढावमा तिमीले जीवनसंगिनीका रूपमा दिएको साथ, उकाली–ओराली र कुना–कन्दरामा खुट्टाका फोकालाई समेत नजरअन्दाज गर्दै हरेक पाइला साथ दिएको ती अमूल्य क्षणहरूको म सधैं ऋणी रहनेछु।
हामीले सँगै बिताएका हरेक पल मेरा मन–मस्तिष्कमा जीवन रहेसम्म सधैं ताजा रहनेछन्। तिमी भौतिक रूपमा आज मसँग छैनौ भन्ने कुरा अझै विश्वास लाग्दैन, तर सत्य स्वीकार्नुको विकल्प पनि छैन।
महिला हकका लागि तिमीले दिएको साथ, प्रेरणा र दृढता अविस्मरणीय छन्। बाँकी जीवन रहेसम्म महिला अधिकार तथा उत्पीडित वर्गको हक–हितका लागि म निरन्तर लडिरहनेछु, यो नै तिमीप्रतिको मेरो सच्चा श्रद्धाञ्जली हुनेछ।
हार्दिक श्रद्धासुमनसहित,
Happy Valentine’s Day, सीता!! ❤️
#prachanada #puspakamaldahal #sitadahal #valentinesday #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 14, 2026
Rating:


No comments