😢देशका लागि लडेकी कप्तान आज आफ्नै उपचारका लागि सहयोगको अपिलमा 💔⚽
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोटपछि उपचार खर्च जुटाउन क्यूआरमार्फत आर्थिक सहयोग मागेकी छन् । अस्ट्रेलियाको ए लिग वुमन खेल्ने क्रममा घाइते भएकी उनले दायाँ घुँडाको एसीएल, पुरानो ग्राफ्ट र एमसीएलमा पुनः जटिल चोट बोकेकी छन् ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा कतारको अस्पेटारमा उपचार गराएर मैदान फर्किएकी साम्बाले यसपटक अपेक्षित प्रशासनिक सहयोग नपाएको गुनासो गरेकी छन् । एन्फाबाट पाँच लाख रुपैयाँसम्म सहयोगको आश्वासन पाए पनि बाँकी प्रक्रिया आफैं गर्न भनिएपछि शल्यक्रिया ढिलाइ भएको उनले बताएकी छन् ।
उच्चस्तरीय उपचारका लागि पुनः कतारकै अस्पेटार रोजेकी साम्बाको शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनामा करिब ८० हजार अमेरिकी डलर (झण्डै १ करोड १५ लाख रुपैयाँ) खर्च हुने अनुमान छ । क्लबको बीमा अपर्याप्त भएपछि उनले देश–विदेशमा रहेका शुभेच्छुकसँग सहयोगको भावुक अपिल गरेकी हुन् ।
“देशका लागि खेलेँ, लडेँ… आज आफ्नै खुट्टा जोगाउन सहयोग माग्नुपरेको छ,” भन्दै उनले चाँडै निको भएर राष्ट्रिय जर्सीमा फर्किने आशा व्यक्त गरेकी छन् । 🇳🇵🙏
#samba #SabitraBHANDARI #smartnepal
