😢धेरैको बाध्यता- म्यादि प्रहरी 😰
सल्यान जिल्ला शारदा नगरपालिका वडा नम्बर ३ रातमाटे निवासी सम्झना रोका बुढाथोकी विगत पाँच वर्षदेखि श्रीमान प्यारालाइसिस भएर उपचार गर्दागर्दै एक वर्ष अगाडि उहाँको मृ*त्यु भयो। श्रीमानको उपचरार्थ लागेको ऋण तिर्न र बच्चाबच्चीहरूको हातमुख जोड्ने जोहो गर्न निर्वाचन प्रहरी होमिनुभयो। सानासाना चारजना टुहुरा बालबालिकामध्ये एकजना सुस्त मनस्थिति रहेको आफूले सधैँ अर्काको घरमा ज्यामी काम गरेर बालबच्चा पालिरहेको र कहिलेकाहीँ खाद्यान्नको अभावमा भोकै सुतेको कुरा समेत बताउनुहुन्छ। उहाँले घरमा खाने चामल समेत नरहेको कुरा हाम्रो महिला प्रहरी कर्मचारीमाथि व्यक्त गरिसकेपछि जिल्ला प्रहरी कार्यालयबाट खाद्यान्नको व्यवस्था गरी निजको घरसम्म पुर्याइयो। उहाँले मन थाम्न नसकेर धरि धरधरी रुनुभयोl
Photo & Script: Dr. Hem KC
#myadiprahari #NepalPolice #smartnepal
