😳 अचम्म
😱 अष्ट्रेलियामा महात्मा गान्धीको मूर्ति काटेर चोरी, विश्व नै चकित
मेलबर्न नजिक रोभिलस्थित अष्ट्रेलियन इन्डियन कम्युनिटी सेन्टर बाहिर राखिएको महात्मा गान्धीको ४२६ केजी तौलको काँसको मूर्ति चोरी भएको छ। रातारात लक्षित रूपमा गरिएको यस घटनामा तीन जना अज्ञात व्यक्तिले पावर टुल प्रयोग गरी मूर्तिको खुट्टाबाट काटेर लगेका छन्।
सन् २०२१ नोभेम्बरमा भारत सरकारको ICCR को तर्फबाट उपहारस्वरूप स्थापना गरिएको यो मूर्ति अष्ट्रेलियामा बसोबास गर्ने भारतीय समुदायका लागि आस्था, शान्ति र पहिचानको प्रतीक थियो।
घटनापछि भिक्टोरिया प्रहरीले अनुसन्धान गरिरहेको छ र स्क्र्याप मेटल व्यापारीहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
यो चोरीले केवल एउटा मूर्ति होइन, भावना र सम्मान पनि घाइते बनाएको छ।
#MahatmaGandhi #gandistatue #smartnepal
