सपुतको फेरिएको दैनिकी 🌱🎶
प्रकाश सपुत लोकदोहोरी क्षेत्रका एक चर्चित र भुल्नै नसकिने अनुहार हुन्। उनी बहुप्रतिभाका धनी कलाकार हुन् — लोकसंगीतको संसारमा उनले नजानेको कुरा सायदै होला। गीत गाउन माहिर 🎤, टुक्का गाँस्न खप्पिस ✍️, आवाज मधुर 🎵, नृत्यमा सक्षम 💃, अभिनयमा पोख्त 🎭। अहिलेसम्म उनले हात हालेका प्रायः सबै काम सफल भएका छन्। उनी आफैं मात्र होइन, संगीत क्षेत्रमा धेरैलाई स्थापित गराउने श्रेय पनि उनकै नाममा जान्छ। कुशुम शर्मा त्यसको ज्वलन्त उदाहरण हुन् 🌸।
नेपाली संगीत क्षेत्रमा उनले दिएको योगदान सायद आउने कैयौं पुस्तासम्म सम्झिइनेछ। कुनाको लोकसंगीतलाई आधुनिक समाजसम्म विश्वासयोग्य बनाउने काम उनले गरे। बोला माया, गलबन्दी, साकम्बरी, दमाई राजा जस्ता चर्चित गीतहरूले उनको उचाइ झनै बढाए 🎶✨।
तर हालसालै उनले हात हालेको चलचित्र क्षेत्रले भने सोचेजति सफलता दिन सकेन 🎬।
अब फेरि उनले जीवनको अर्को ठूलो जोखिम मोड्दै छन्।
कुनै बेला पूर्वप्रधानमन्त्री केपी ओलीको तारिफ गर्दा आफ्नै शुभेच्छुकबाट बहिष्कारसम्म झेल्नुपरेको अवस्था थियो। आज भने उनी आफैं प्रत्यक्ष राजनीतिमा होमिएका छन् 🏛️। राष्ट्रिय स्वतन्त्र पार्टीको दलित कोटाबाट समानुपातिक सूचीमा उनको नाम छ। पहिला कार्यक्रमका लागि महँगो पारिश्रमिक लिएर विभिन्न जिल्लामा पुग्ने उनी, अहिले भने कुनै शुल्क नलिई नेपालका जिल्ला–जिल्ला पुगेर जनतासँग घुलमिल हुँदै भोट मागिरहेका छन् 🤝🇳🇵।
उनी भन्छन्—
“अबको लोकप्रिय पार्टी रास्वपा हो। बालेन र रविको अगाडि म किन उभिएको छु भने, मेरो जातमा अझै पनि उत्पीडन छ। हामी आज पनि संघर्षमै छौं। हाम्रो समुदायलाई नबिर्सनु भन्ने खबरदारी गर्न म उनीहरूको अगाडि उभिएको हुँ।” ✊🏽🔥
उनले चालेको यो पाइला कत्तिको सफल हुन्छ, त्यो त नजिकिँदो निर्वाचनले बताउनेछ 🗳️। र उनले पाउने जिम्मेवारी कत्तिको प्रभावकारी हुन्छ, त्यो समयले नै देखाउनेछ। तर एक कुरा चाहिँ पक्का हो—यो उनको करियरसँग जोडिएको सबैभन्दा ठूलो जोखिम हो।
शुभकामना 🌺✨
#prakashsaput #smartnepal
