😂मैले भन्दा धेरै नुहाउँछ के हो यो बंगुरले ?😊
तनहुँको एक बंगुर फार्म हेर्न जाँदा त्यहाँको सरसफाई देखेर महाबिर पुर ३ छक्क परेका छन् । बंगुरहरुलाई भेट्न जाँदा हातमा पन्जा, चुना माथि जुत्ताले टेकेर अनि खुट्टामा प्लास्टिकको मोजा साथमा Dis Infection Spray छिर्केर भित्र छिरे पछि विर अस्पतार र टिचिङ्ग अस्पतामा जाँदापनि यतिको सफाईमा ध्यान नदिएको कुरा बताएका छन् । बंगुरहरुपनि कति सफा छ यार नुहाएको छ, मैले भन्दा धेरै नुहाउँछ के हो भन्दै हाँसेका छन् । महाबिरले फागुनमा भएको निर्वाचन अघि ४५ दिनको घरदैलो सकाएपछि पहिलो पटक नुहाएको बताएका थिए । ५० रोपनि भन्दा ठूलो क्षेत्रफलमा फैलीएको उत्त फर्म आधुनिक र वैज्ञानिक तरिकाले बनाईएको छ ।
#mahabirpun #smartnepal
