गन्जिमै मन्त्रालयमा पुगे मन्त्री दिपक मनाङ्गे । भन्छन् रक्शि खाएर मस्त सुत्छु ।

 झट्ट हेर्दा साउथ इन्डियन भिलेन जस्तो देखिने यिनी हुन गण्डकी प्रदेश सरकारका अहिलेका मन्त्री राजीव गुरूङ (दीपक मनाङ्गे) ।

उनलाई हरकोहिले मन्त्री भन्दा पनि गुण्डागर्दिका नाइके भनेर चिन्ने गर्छन् । पैसा कमाउने उद्देश्यले काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने चलन चलेको हो। राजधानीमा सबैभन्दा चर्चामा आएका पुराना डन मध्येमा दीपक मनाङे पनि एक हुन् ।  



मनाङ्गेले आफ्नो क्षेत्र बनाएर डनगिरी गर्ने ठाउँ हो, ठमेल। जहाँ उनी डान्स बार र रेष्टुरेन्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा गर्थे। उनलाई पैसा नबुझाइ कसैले त्यहाँ होटल र रेष्टुरेन्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो। ठमेलका सबै रेष्टुरेन्टका वियरका बोतलको ठेक्का समेत उनकै हुन्थे। जडिबुटीदेखि क्रसरसम्म उनले लगानी बढाउदै लगे। उनी पटक पटक प्रहरी हिरासतमा मात्र होइन जेल नै परिसकेका व्यक्ति हुन्। 


अहिले गण्डकी प्रदेश सरकारमा मनाङगे छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन्  । सरकार संकटमा परेपछि भौतिक पूर्वाधारमन्त्री बनाएका पाण्डेले फेरि पनि मनाङेलाई सोही मन्त्रालय दिएका छन् ।



गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा आएका छन् ।


पछिल्लोपटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् ।

केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् ।


मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् । शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै  रक्सी खाएर जान अफर गरे ।



यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उनले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।

आफू स्पष्ट जे हो त्यही बोल्ने बताउने मन्त्री मनाङे विभिन्न समयमा मर्यादाविपरीत काम गर्दा आलोचनामासमेत पर्दै आएका छन् ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/448507304674662

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post