बँदेल मार्न थापेको पासोमा परी गैँडा मरेपछि चार जना पक्राऊ ।

 लगाएको अन्नबलीहरु बाँदर, सुगा,श्याल बँदेल लगाएत अन्य जनावरहरुले खाएर नष्ट गरिदिने हुँदा यसर ॉन्नबालीहरु जनावरले खाएर नष्ट नहोस भनी पासो थाप्ने चलन नेपालको अधिकांस ठाउँमा रही आएको छ । 

यसै कारण 

बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । 



स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताए । 


‘गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्ने जस्ता गतिविधि चोरी शिकारीअन्तर्गत पर्दछन्’, उनले भने।


पुनकानुसार अनुसन्धानका क्रममा साउन ८ गते दुई जना र १० गते दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट छ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ । 


पक्राउ परेका चार जनालाई संरक्षित वन्यजन्तु चोरी शिकारी ऐनअन्तर्गत म्याद थप गरिएको हो । ऐनको व्यवस्थाअनुसार यस्तो कार्यमा संलग्नलाई पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1655207988633112

बँदेल मार्न थापेको पासोमा परी गैँडा मरेपछि चार जना पक्राऊ । बँदेल मार्न थापेको पासोमा परी गैँडा मरेपछि चार जना पक्राऊ । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 28, 2024 Rating: 5

No comments

Videos