प्राध्यापक एवम् समालोचक डा. रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन् ।

 भनिन्छ चिन्ताले चितामा पुर्याउछ । हरेक मान्छेलाइ कुनै न कुनै कारण तनाववित जिवन बाचिँरहेका हुन्छन् । यति हाे काेही हरेक परिस्थितीसगँ लडेर जिन्दगी अगी बढाउछन त काेही त्यहि खराब परिस्थितीसगँ हारेर जिन्दगीलाइ सकाउन खाेज्छन् ।

दर्शकविन यस्तै एउटा दुःख लाग्दाे घटना घटेकाे छ । सुनसरीको इटहरी निवासी डा. रामजी तिम्सिना बुधबार बिहान घरबाट अचानक निस्किएयता अवस्था खुल्न सकेको छैन । उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक थिए । बुधबार बिहान घरबाट निस्किनुअघि छाडेको सन्देशअनुसार उनी तनावमा रहेको देखिन्छ ।

‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा !’ उनले घरमा परिवारका सदस्यलाई एउटा पानामा यति सन्देश लेखेर हिँडेका थिए । तिम्सिनले उक्त पानामा ‘मिति २०८१-०३-१९ बुधबार बिहान ४:१८ बजे’ पनि लेखेका भेटिएको छ । तिम्सिनाले चिन्तामा पार्ने सन्देश लेखेर बेपत्ता भएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन पनि दिएको छ । पारिवारिक श्रोतका अनुसार उनी घरका अन्य सदस्य उठ्नुअघि नै बुधबार बिहान सवा ४ बजेको समयमा निस्किएका थिए । आफूले कुनै पनि साधन नचलाउने उनी सार्वजनिक सवारी प्रयोग गरेर गन्तव्यमा आउने जाने गर्थे । उज्यालो नभई घरबाट हिँडेकाले उनी कहाँ पुगे, कता गए भन्ने अहिलेसम्म परिवारका सदस्यले जानकारी पाउन सकेका छैनन् । सह-प्राध्यापक तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा पढाउने गर्थे । समालोचकका रुपमा राम्रो छवि बनाएका उनी बेपत्ता भएपछि साहित्य क्षेत्रका सर्जकले पनि चिन्ता व्यक्त गरेका छन् । उनी कोशी प्रदेशमा हुने साहित्यिकसहितका कार्यक्रममा भाग लिइरहन्थे । उनले विभिन्न समयमा प्रकाशित पुस्तक र अन्य विषयमा समालोचना गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले परिवारका सदस्यको निवेदन आएसँगै तिम्सिनाको खोजी भइरहेको बताएका छन् । बुधबार बेलुकासम्म उनी नफर्किएपछि प्रहरीले खोजी तीव्र बनाएको छ । रेग्मीका अनुसार उनको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । उनले आफू जाने भनेको बराहक्षेत्र मन्दिर आसपासको सप्तकोसी क्षेत्रमा पनि खोजिएको प्रहरीले जनाएको छ । प्रहरीले उनी जाने भनिएको रुटको सीसीटीभी फुटेजको पनि अध्ययन गरिरहेको छ । तर अहिलेसम्म प्रहरीले तिम्सिनाबारे खास क्लु भेट्टाउन सकेको छैन । प्रहरी उपरीक्षक रेग्मीले सबै उपाय र प्रविधिको प्रयोग गरेर तिम्सिनाको अवस्था पत्ता लगाइने बताए ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post