अस्पताल चलाउन भन्दै बनाएको भवनलाई चर्च बनाएपछि उपमहानगरले चलायो डोजर

 डोजर भन्ने बितिकै बालेन् साह को झल्को आउँछ होला तर यो डोजर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चलाएका हुन् । धनगढीको मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको थियो ।

सामाजिक सञ्जालमा होहल्ला नगर्ने शान्त रूपमा काम गर्ने मेयर हमालको आवाज भन्दा पनि काम बोल्ने गर्छ ।पछिल्लो समय उपमहानगरपालिका भित्र बनाएका अनाधिकृत संरचनाहरु हटाउन डोजर लिएर निरन्तर रुपमा लागिरहेका छन् । 

 


धनगढी- अस्पताल खोल्ने अनुमति लिएर बनाइएको एउटा दुईतले भवनमा डोजर चलाइएको छ ।

धनगढी उप-महानगरपालिका-७ मनेहरामा लेट मेइन धनगढी प्रालिले घर नक्सा पासविपरीत संरचना बनाएर चर्च चलाएपछि डोजर लगाएर भत्काइएको हो ।


नेपाल लाइफ वर्ल्ड मिसनका नाम अस्पताल खोल्ने भनी चर्च चलाइएको स्थानमा घर नक्सा पासविपरीत निर्माण भएका अवैध संरचना धनगढी उप-महानगरपालिकाले भत्काइदिएको हो।


लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेको भवनका अवैध संरचनाहरू मंगलबार नगरप्रहरी र डोजर परिचालन गरेर तोडिएको हो।



घर नक्सा पासविपरीतका संरचना बनाएको पाइएपछि भत्काइएको उमपहानगरपालिकाका मेयर गोपाल हमालले बताएका छन् ।


यसअघि उपमहानगरको वडा नम्बर ७ कार्यालयले सोमबार मात्रै ७ लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गरेको थियो।



लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजनसहित व्यवसाय दर्ता गराएको थियो।

नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।


तर ती कम्पनीले लिएको जग्गामा अस्पताल बनाउने भन्दै चर्च चलाइएको थियो । दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हमालले बताए । यसअघि उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/987146269774727

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post