आफै बोक्शि । आफै धामी । हो यसलाई दुरुस्तै व्यवहारमा उतारेका छन् सुन पसलका साहु विनोद सुनारले ।

 आफ्नो पसलमा आफै चोर बनेर चोरी गरे । यतिमात्र होईन उनले पसल चोरी भयो भन्दै अनेक नाटक गरेर प्रहरीमा उजुरी दिए त्यसपश्चात चोरीको रकम २ करोड भन्दा बढि बिमा रकम दाबिपनि गरे । सुन्दै अच्मम लाग्न सक्छ । कसैले आफ्नो पसलमा आफै चोरी गर्ला र ? चोरनै बन्नु थियो भने करोडौ लगानी गरेर व्यवसायपो किन गर्नु । अनि चोरीपनि आफ्नै पसलमा पो किन गर्नु । सुन्दै हाँसोको पात्र बने ति विनोद । आफ्नो पसल आफैले चोरी गरेर जेल जानुपर्ने । संचालक विनोद सहित योजनामा आवद्ध पाँच जना पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनले यही असार १ गते कालिका नगरपालिका वडा नं–६, खोलेसिमल बजारमा तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा सञ्चालकसहित पाँच जना पक्राउ गरेको छ ।



सञ्चालक सुनारले झुटो चोरी तथा लुटपाट गर्ने योजना बनाई बिमा रकम ठगी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ । विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई सुनारले जालसाजी गरेको प्रहरीको भनाइ छ ।


विनोद सुनारले लुटपाटको लागि पूर्णबहादुर विश्वकर्मालाई ठेक्का दिएको र पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानले राति ८ बजेर १० मिनेट जाँदाको समयमा मोटरसाइकलमा आई लुटपाट गरेको र पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।


पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानले चोरी गरी लगेको सुनका गहनाहरु लुकाउनको लागि विनोदको योजनामा अञ्जना पुडासैनी केसीलाई दिएको र घटनाको दुई दिनपछि अञ्जनाको घरमा गई विनोदले उक्त सुनका गहनाहरु लिई गएको खुल्न आएको छ ।


असार १ गते अज्ञात भनिएका दुई पुरुष व्यक्तिहरु नम्बर नखुलेको मोटरसाइकल चढी आई उक्त सुनचाँदी पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसलभित्र राखिएको दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनका गरगहनाहरू लुटपाट गरिएको विवरण प्रहरीले संकलन गरेको थियो ।


प्रहरीले विनोद सुनचाँदी पसलका सञ्चालक तथा लुटपाटको मुख्य योजनाकार कालिका–६ बस्ने ३५ वर्षीय विनोद सुनार, पसलका व्यवस्थापक सहयोगी कालिका–७ बस्ने २५ वर्षीय विजय विश्वकर्मा, तनहुँको म्याग्दी गाउँपालिका वडा नं ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा, चोरी गर्ने बारा बारागढी नगरपालिका वडा नं–४ बस्ने १८ वर्षीय पवनकुमार पासवान र कालिका ६ बस्ने ४२ वर्षीय अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रनाउ भेषराज रिजालले जानकारी दिए ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/338306729318374

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post