विद्यालय जान्छु भनेर निस्किएकी बालिकाको होटलमा भयो बलतकार ।

 सुन्दै कहालिलाग्दो घटना घटेको छ दर्शकबिन । घरबाट निस्किएकि एक छात्राको केहिदिनपछि होटलमानै बलतकार भएको छ ।

ललितपुरको लुभूस्थित एक स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै गरेकि एक किशोरी बलात्कृत भएकी छिन् । स्कुल जान भनेर सँगै पढ्ने साथीसँग हिँडेकी उनी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत भएकी हुन् ।

गत असार ५ गते उनीहरू बिहान सवा ८ बजेतिर स्कुल जान भन्दै घरबाट हिँडेका थिए । तर, स्कुल नगई राइड शेयरिङ एप पठाओ बुक गरेर घुम्न गए । एक स्कुटर र एक बाइक चालक आइपुगे ।

सो स्कुटी र बाइकमा उनीहरू काठमाडौं भृकृटिमण्डपस्थित फनपार्क पुगे ।



दिनभर घुमेर गाडीमा उनीहरू कोटेश्वर फर्किए । ढिला भइसकेकाले घर नजाने निधो गरे । कोटेश्वरमा रहेको साइँली नामक गेस्ट हाउसमा बसे ।


सीमित पैसा लिएर घरबाट निस्किएका उनीहरूसँग खाना खाने पैसा थिएन । भोलीपल्ट बिहान ६ गते उठेर ७ बजेतिर दुई किशोरी आफू बसेको होटलसँगै रहेको अर्को गेष्टहाउसमा काम खोज्न गए ।


डिबिका नामको गेष्टहाउसमा पुगेका उनीहरूले त्यहाँ आइसकेका ग्राहक इलाम माईमझुवाका ४० वर्षिय अम्बर बहादर तिवारीलाई भेटे । आफूहरूसँग खानको लागि समेत पैसा नभएको दुखेसो किशोरीहरूले सुनाए ।


होटलका साहु आएपछि उमेर सानो भएको भन्दै काममा नराख्ने बताए । तर, आफूहरूसँग पैसा नभएको र जे जस्तो काम गर्न पनि तयार रहेको सुनाए ।

उनीहरूको कमजोरीको फाइदा उठाउँदै अम्बरबहादर तिवारीले आफू बसेको कोठामा लगे । अम्बरबहादर तिवारीले किशोरीहरूलाई खाना खुवाएर एक किशोरीलाई बाहिर पठाएको र अर्काेलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ ।


पीडित किशोरीले आफूलाई ‘ढोकामा चुकुल लगाई बाहिर आउन नदिई मेरो हात समेत बाँधी मैले नमान्दा नमान्दैमा जबरजस्ती करणी गरेको’ भन्दै वानेश्वर वृत्तमा जाहेरी दिएकी छिन् । जाहेरीपछि अम्बरबहादर तिवारी पक्राउ परेका छन्। 

कोठा बाहिरबाटै चुकुल लगाई भित्रै थुनेर राखेको र ट्वाईलेट जान्छु भनेर भागेर उजुरी दिएको किशोरीले जनाएकी छिन् ।


अभिभावकहरुमा हाम्रो नम्र निवेदन छ कि हजुरहरुको बाल बच्चापनि विद्यालय जान्छु भनेर घरबाट निस्केपछि विद्यालय पुगे पुगेनन् एक पट निधो गर्नुहोला । अनि विद्यालयको समय सकिसकेपछि घर आउन ढिलो भएमा तत्कालै विद्यालयमा फोन गर्ने र सम्बन्धित ठाउँहरुमा सुचना प्रवाह गर्नुहोला । सासाना बालबालिकाहरुपनि पढ्ने रमाउने उमेरमा विद्यालय जाने भनेर यसरी घरका अभिभावकहरुलाई ढाँटि घुम्न जाने र मनखुसी साथीभाईहरुसंग होटल होटल बस्ने बानि एकदमै नराम्रो हो । यस्ता कार्यले जिनदगी बर्बाद पारीदिन्छ । यी होटलमा भएका व्यत्ति त राक्षसनै भए, कलिला केटाकेटिहरुको अभावको फाईदा उठाएर यति सम्मको घृणित काम गर्नु भनेको उनमा मानव भन्ने कुनै व्यवहार बाँकि रहेन । घरबाट निस्किएका बालिकाहरुलाई घर परिवारको जिम्मा लगाउनुको सट्टा यतिको दानबिपन देखाउनु भनेको उनि कुनै घर परिवार भएको व्यत्ति होईन ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1044006857153803

विद्यालय जान्छु भनेर निस्किएकी बालिकाको होटलमा भयो बलतकार । विद्यालय जान्छु भनेर निस्किएकी बालिकाको होटलमा भयो बलतकार । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 28, 2024 Rating: 5

No comments

Videos