विद्यालय जान्छु भनेर निस्किएकी बालिकाको होटलमा भयो बलतकार ।

 सुन्दै कहालिलाग्दो घटना घटेको छ दर्शकबिन । घरबाट निस्किएकि एक छात्राको केहिदिनपछि होटलमानै बलतकार भएको छ ।

ललितपुरको लुभूस्थित एक स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै गरेकि एक किशोरी बलात्कृत भएकी छिन् । स्कुल जान भनेर सँगै पढ्ने साथीसँग हिँडेकी उनी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत भएकी हुन् ।

गत असार ५ गते उनीहरू बिहान सवा ८ बजेतिर स्कुल जान भन्दै घरबाट हिँडेका थिए । तर, स्कुल नगई राइड शेयरिङ एप पठाओ बुक गरेर घुम्न गए । एक स्कुटर र एक बाइक चालक आइपुगे ।

सो स्कुटी र बाइकमा उनीहरू काठमाडौं भृकृटिमण्डपस्थित फनपार्क पुगे ।



दिनभर घुमेर गाडीमा उनीहरू कोटेश्वर फर्किए । ढिला भइसकेकाले घर नजाने निधो गरे । कोटेश्वरमा रहेको साइँली नामक गेस्ट हाउसमा बसे ।


सीमित पैसा लिएर घरबाट निस्किएका उनीहरूसँग खाना खाने पैसा थिएन । भोलीपल्ट बिहान ६ गते उठेर ७ बजेतिर दुई किशोरी आफू बसेको होटलसँगै रहेको अर्को गेष्टहाउसमा काम खोज्न गए ।


डिबिका नामको गेष्टहाउसमा पुगेका उनीहरूले त्यहाँ आइसकेका ग्राहक इलाम माईमझुवाका ४० वर्षिय अम्बर बहादर तिवारीलाई भेटे । आफूहरूसँग खानको लागि समेत पैसा नभएको दुखेसो किशोरीहरूले सुनाए ।


होटलका साहु आएपछि उमेर सानो भएको भन्दै काममा नराख्ने बताए । तर, आफूहरूसँग पैसा नभएको र जे जस्तो काम गर्न पनि तयार रहेको सुनाए ।

उनीहरूको कमजोरीको फाइदा उठाउँदै अम्बरबहादर तिवारीले आफू बसेको कोठामा लगे । अम्बरबहादर तिवारीले किशोरीहरूलाई खाना खुवाएर एक किशोरीलाई बाहिर पठाएको र अर्काेलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ ।


पीडित किशोरीले आफूलाई ‘ढोकामा चुकुल लगाई बाहिर आउन नदिई मेरो हात समेत बाँधी मैले नमान्दा नमान्दैमा जबरजस्ती करणी गरेको’ भन्दै वानेश्वर वृत्तमा जाहेरी दिएकी छिन् । जाहेरीपछि अम्बरबहादर तिवारी पक्राउ परेका छन्। 

कोठा बाहिरबाटै चुकुल लगाई भित्रै थुनेर राखेको र ट्वाईलेट जान्छु भनेर भागेर उजुरी दिएको किशोरीले जनाएकी छिन् ।


अभिभावकहरुमा हाम्रो नम्र निवेदन छ कि हजुरहरुको बाल बच्चापनि विद्यालय जान्छु भनेर घरबाट निस्केपछि विद्यालय पुगे पुगेनन् एक पट निधो गर्नुहोला । अनि विद्यालयको समय सकिसकेपछि घर आउन ढिलो भएमा तत्कालै विद्यालयमा फोन गर्ने र सम्बन्धित ठाउँहरुमा सुचना प्रवाह गर्नुहोला । सासाना बालबालिकाहरुपनि पढ्ने रमाउने उमेरमा विद्यालय जाने भनेर यसरी घरका अभिभावकहरुलाई ढाँटि घुम्न जाने र मनखुसी साथीभाईहरुसंग होटल होटल बस्ने बानि एकदमै नराम्रो हो । यस्ता कार्यले जिनदगी बर्बाद पारीदिन्छ । यी होटलमा भएका व्यत्ति त राक्षसनै भए, कलिला केटाकेटिहरुको अभावको फाईदा उठाएर यति सम्मको घृणित काम गर्नु भनेको उनमा मानव भन्ने कुनै व्यवहार बाँकि रहेन । घरबाट निस्किएका बालिकाहरुलाई घर परिवारको जिम्मा लगाउनुको सट्टा यतिको दानबिपन देखाउनु भनेको उनि कुनै घर परिवार भएको व्यत्ति होईन ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1044006857153803

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post