दर्षकबिन् विगतलाई पल्टाएर हेर्ने हो भने यसरी गुड गुदै को गाडीमा आगोलागी भई दुर्घटना भएको र ज्यान समेत गुमाएको थुप्रै तथ्याङहरु भेटिन्छन् । विशेषगरी सवारीसाधनमा ठूलो दुर्घटनामा परेपछि आगलागी हुनु सामान्य हो । तर गुड्दा गुद्दैको सवारीसाधनमा आगो लाग्नु भने सामान्य होईन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको भएको छ । गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ ।
महेन्द्रनगरबाट दाङको लमही जाँदै गरेको सुपप्र ०१ -००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आइतवार विहान लमही नगरपालिका –९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको हो ।
लमही नगरपालिका-९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका-२ का ३८ वर्षीय रमेशदत्त जोशी रहेका छन् । खाली ट्रक सिमेन्ट लिनको लागि लमही जाँदै थियो । तर ट्रक गुडिरहेको अवस्थामा नै आगो लाग्यो । घटनामा चालकको हातमा सामान्य जलन भएको छ । आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
गाडी ओभर हिटिङ भएर पनि आगलागी भएका घटना थुप्रै पाउन सकिन्छ । केही समय अगाडि पनि यात्रुबाहक बस धादिङमा गुडिरहेको अवस्थामा नै आगोलागी भएको थियो तर मानविय क्षति भने भएको थिएन तर पनि जुनसुकै सवारीसाधनमा चलाउने चालक सबै सहज भएर चलाउनु पर्ने देखिन्छ।
Link: https://www.facebook.com/smarttvnepal79/videos/507666018329086
Comments
Post a Comment