हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् ।

 हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिए ।


मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् । २०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर मिनाले यो पल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 07, 2024 Rating: 5

No comments

Videos