कुइना भन्दा तलको भागले कम्प्युटर चलाउने राई ओलीको सचिवालयमा पुनः नियुक्त

 सामान्यतया हामी शारीरिक रुपमा स्वास्थ्य मानिस नै केही गर्न सकिएन गर्दा गर्दै पनि भएन भनेर हार खाइरहेका हुन्छौं तर यस्ता कति धेरै उदाहरणहरू छन्  जो शारिरीक हिसाबले हामी सामान्य व्यक्ति भन्दा अलि फरक छन् तर पनि उनीहरू जिन्दगी संग लडेर हिम्मतले अगाडि बढेका छन् जो सामान्य मानिसका लागि पनि प्रेरणाको गतिलो उदाहरण बनेका छन् । आज हामी यस्तै एक व्यक्ति जो अलि फरक क्षमताका छन् जो हुन गणेश राई उनैको कुरा गर्दै छौ ।  



प्रधानमन्त्री केपी शर्मा ओलीले फरक क्षमता भएका उनै राईलाई सचिवालयमा पुनः नियुक्त गरेका छन् । आधा हातले कम्प्युटर चलाउन सक्ने क्षमता भएका राईलाई प्रधानमन्त्री ओलीले कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् । खोटाङ काहुले घर भएका राई जन्मजात नै आधा हात भएका व्यक्ति हुन । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन । तर पनि उनी आफ्नो काम सबै आफै गर्छन् । उनी फरक क्षमता भएका व्यक्ति हुन् ।



एमालेका नेता विशाल भट्टराईका अनुसार यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले उनको फरक क्षमता देखेपछि सचिवालयमा जागिर दिएका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर पाएका राईलाई ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर प्रदान गरेका हुन् ।


भट्टराईले गणेशको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन् । 

प्रधानमन्त्रीज्युको मायामा मुस्कुराईरहेको एउटा मुहार ! 

 खोटाङ काहुलेका गणेश राई जन्मजात अपाङ्ग हुनुहुन्छ अर्थात उहाँका दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उहाँलाई स्व. मिलन राईले केहि काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याउँनुभयो, भैरव राईले निकै ठुलो सहयोग गर्नुभयो । 



 यसैबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो र भैरव राई , स्व. मिलन राई लगायत हामीले गणेशलाई प्रधानमन्त्रीज्युसँग  भेट गराएर उहाँको क्षमता बताउदै आधा हातले सरर कम्प्युटर चलाएको देखाएपछि तुरुन्त सचिवालयमा राख्न निर्देशन दिनुभयो र गणेशको रोजगारीको यात्रा प्रारम्भ भयो । 

 आरोप बिल्कुलै हैन, केपी ओली  प्रधानमन्त्रीबाट हटाईएपछि गणेशलाई पनि हटाईयो । दुखले जीविका गर्दै हुनुहुन्थ्यो , फेरि केपी ओलीनै दोश्रो कार्यकालको लागि प्रम भएर सिंहदरवार फर्केपछि मात्र गणेशको जागिर जोडियो । 



फेरि केपी ओलीलाई हटाईयो, गणेशलाई पनि हटाईयो। अहिले प्रमको रुपमा सिंहदरवार आएपछि केपी ओलीले दुइ हात नभएको त्यो गणेश कता छ भनेर खोज्नुभएछ,  गणेश कतै नदेखेपछि खोटाङे नेतालाई सम्पर्क गर्न भन्नुभएछ । 

 सहसचिव बिनोद कुवरले आफैंले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाउनुभयो र प्रमसँग भेट गराएपछि पुन: जागिरको निरन्तरता भयो । 



  अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपाङ्ग आफ्नो  क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने रहेछ !


ओलीले गणेश कतै नदेखेपछि खोटाङका नेतालाई सम्पर्क गर्न निर्देशन दिएको र त्यसै अनुसार खोटाङका नेतालाई सम्पर्क गरेर ओलीसँग राईको भेट गराएको भट्टराईले बताएका छन् ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1172340760708174

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post