आफ्नौ छोरा बुहारीले बुवालाई जङ्गलमा लगेर छाडे । ४ दिन पछि वनका कर्मचारीले भेटाए ।

 बाबुआमाकाे मन छाेरीछाेरी माथी छाेरीछाेरीकाे मन ढुङ्गा माथी भनेजस्तै भएकाे छ,अझ भनाै बाल्यकालमा पढ्दै,सुन्दै,र हेर्दै आएकाे कथा जस्तै,,,,एक निर्दयि छाेराले बुढाे भएकाे बाबुलाई भिरबाट गुल्टाएकाे कथा जस्तै ! मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले एक वृद्धलाई  मध्यजंगलमा लगेर छाडिदिएकाे खुल्न आएकाे छ ! बेलबारी नगरपालिका-७,डांगी टोलमा बस्दै आएका ७० वर्षीय जामुनलाल झांगडलाई उनकै छाेराबुहारीले जंगलमा लगेर छाेडेका हुन् ! उनलाई आफ्नै छाेरा बुहारीले चार दिन अघि माेटरसाईकलमा राखेर बिच जंगलमा लगेर छाेडिदिएका थिए ! शरीरको भागमा चाेटैचोट र धेरै बोल्न नसक्ने अवस्थामा बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार चार दिनपछि उनलाई उद्धार गरिएको हो । उनलाई बनकाे हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका हुन् । 



वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । उनलाई छाेराबुहारीले नै मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएका रहेछन् । 


हामिले भेट्दा वृद्धको शरीरको भागमा चोट देखिएको र धेरै बोल्न नसक्ने अवस्थामा रहेकाले नगर अस्पतालमा उपचारकाे लागि पठाएकाे थियाैँ ! 



वडाध्यक्ष सुनिता चौधरीकाे अनुसार घाईते वृद्धका छोराबुहारीको खोजी भइरहेको बताइन् । घटना के कसरी भएको रहेछ भनी सोधीखोजी सुरु गरेका छौँ,” उनले भनिन्, “अस्पतालमा उहाँ गम्भिर अवस्थामा हुनुहुन्छ । शरीर निकै कमजोर देखिन्छ ।” 


यता वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेकाे बताए । समाजमा यस्ता घटनाहरु कम हुनुकाे साँटाे झनै बढ्दै गईरहेकाे पाईन्छ ! तसर्थपनि बाबु आमालाई राम्राे सँग हेरचाह गर्नु हरेक छाेराबुहारीकाे कर्तब्य हाे भन्ने चेतनाकाे बिकास गर्न सराेकारवाला निकायले पनि ध्यान दिनु पर्ला कि ?

Link: https://youtu.be/R6rKWS0z084

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post