विमान दुर्घटनाबाट बाचेका पाईलट शाक्य भन्छ, उड्ने बितिकै विमान खस्यो कन्ट्रोल गर्नै सकिन ।

 बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए ।

उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 



केएमसी अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापाका अनुसार क्याप्टेन (मनीष)को अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन्,’ उनले भनिन्, ‘अनुहार तथा नाक आँखाका चोटहरुको हिजै उपचार भइसकेको जानकारी गराउदछौँ। हाल उहाँको अवस्था सामान्य रहेको जटिलताहरु नदेखिएको समेत जानकारी गराएकी छिन् ।’

उनको पछिल्लो अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी गराएको छ।



 डा.मिना थापाका अनुसार उनले कुरा गर्न थालेका छन् । यद्यपि उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको अस्पतालको न्युरो सर्जरी आइसियुमा राखेर उपचार भइरहेको छ  


उपचाररत पाइलट शाक्यले अस्पतालका उच्च तहका अधिकारीसँग विमान दुर्घटनाबारे छोटकरीमा कुरा गरेका छन् 

मेडिकल डाइरेक्टर थापाका अनुसार उनले विमान उडान भरेको केही छिनमै खसेको र नियन्त्रणमा लिन नसकेको बताएका थिए ।



‘५०/१०० मिटर उडेपछि विमान खस्यो, कन्ट्रोल गर्नै सकिनँ । दुर्घटनामा परेपछि श्वास फेर्न गार्‍हो भएको थियो, साथीहरू कराइरहेको सुनेको थिएँ,’पाइलटको भनाई उद्धृत गर्दै उनले भनिन् ।

पाइलट शाक्यले आजबाट खाना खान थालेका छन् । उनले झोलिलो खानेकुरा खान थालेको डाइरेक्टर थापाले जानकारी दिइन् । आज बिहानदेखि झोलिलो खानेकुराहरू खानुभयो,’उनले भनिन्,‘एमआरआईको रिपोर्ट आएपछि आइसियुबाट बाहिर निकाल्नेबारे छलफल भइरहेको छ ।’ 

 विमान दुर्घटनाबाट बाँच्न सफल क्याप्टेनले शिघ्रस्वस्थ्य लाभको कामना ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/929850332235252


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post