विमान दुर्घटनाबाट बाचेका पाईलट शाक्य भन्छ, उड्ने बितिकै विमान खस्यो कन्ट्रोल गर्नै सकिन ।

 बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए ।

उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 



केएमसी अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापाका अनुसार क्याप्टेन (मनीष)को अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन्,’ उनले भनिन्, ‘अनुहार तथा नाक आँखाका चोटहरुको हिजै उपचार भइसकेको जानकारी गराउदछौँ। हाल उहाँको अवस्था सामान्य रहेको जटिलताहरु नदेखिएको समेत जानकारी गराएकी छिन् ।’

उनको पछिल्लो अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी गराएको छ।



 डा.मिना थापाका अनुसार उनले कुरा गर्न थालेका छन् । यद्यपि उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको अस्पतालको न्युरो सर्जरी आइसियुमा राखेर उपचार भइरहेको छ  


उपचाररत पाइलट शाक्यले अस्पतालका उच्च तहका अधिकारीसँग विमान दुर्घटनाबारे छोटकरीमा कुरा गरेका छन् 

मेडिकल डाइरेक्टर थापाका अनुसार उनले विमान उडान भरेको केही छिनमै खसेको र नियन्त्रणमा लिन नसकेको बताएका थिए ।



‘५०/१०० मिटर उडेपछि विमान खस्यो, कन्ट्रोल गर्नै सकिनँ । दुर्घटनामा परेपछि श्वास फेर्न गार्‍हो भएको थियो, साथीहरू कराइरहेको सुनेको थिएँ,’पाइलटको भनाई उद्धृत गर्दै उनले भनिन् ।

पाइलट शाक्यले आजबाट खाना खान थालेका छन् । उनले झोलिलो खानेकुरा खान थालेको डाइरेक्टर थापाले जानकारी दिइन् । आज बिहानदेखि झोलिलो खानेकुराहरू खानुभयो,’उनले भनिन्,‘एमआरआईको रिपोर्ट आएपछि आइसियुबाट बाहिर निकाल्नेबारे छलफल भइरहेको छ ।’ 

 विमान दुर्घटनाबाट बाँच्न सफल क्याप्टेनले शिघ्रस्वस्थ्य लाभको कामना ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/929850332235252


Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post