सक्किगाेनीकाे बलले गरे बिहे-काे हुन् बेहुली ? छिन् यति राम्री

 चर्चित हास्यकलाकार सागर लम्साल 'बलेले' बिबाह गरेका छन् ! उनले झापाकि स्नेहा दंगालसँग लगनगाँठाे कसेका हुन् ! बले कलाकार हुन भने स्नेहा पेशाले नर्स हुन् ! उनी मध्यपुर हस्पिटलमा कार्यरत छिन् ! बुझिए  अनुसार दुईले सिमीत मानिसहरुकाे बिचमा सुटुक्क बिबाह गरेका हुन् !


अर्का हास्य कलाकार हरिश निराैला कक्राेजले बेहुला बनेर सजिएका बलेलाई एक तस्बिर राख्दै फेसबुकमा बधाई दिएका छन् ! प्रीय साथि सागर लम्साल “बले” आज बैबाहिक जिबनमा बाधिनुभएको छ, तपाइको दाम्पत्य जिबन सफल रहोस हार्दिक शुभकामना ! त्यस्तै कुमार कट्टेल जिग्रिले पनि उनिहरुकाे फाेटाे राख्दै शुभकामना दिएका छन् ! उनले बले र स्नेहाकाे फाेटाे राख्दै प्रिय साथी सागर लम्साल बलेलाई सुखमय दाम्पत्य जिबनकाे हार्दिक शुभकामना भनेका छन् ! बेहुलाकाे पहिरनमा सजिएका सागर र स्नेहाकाे सुन्दर जाेडीलाई यतिबेला सामाजिक संजालमा बधाईकाे ओईराे आउन थालेकाे छ ! यता केहिबर्ष अघि उनकाे र माेडल प्रिज्मा खतिवडाकाे प्रेमचर्चा चल्ने गरेकाे थियाे ! हुन त सागर र प्रिज्मा दुबैले प्रेमबारे आधिकारिक रुपमा स्विकारेका भने थिएनन् ! उनिहरुले सँगै केही गितहरुमा समेत सँगै काम गरेका थिए ! उक्त समयमा उनिहरुकाे प्रेमचर्चाले मिडियामाझ राम्रै स्थान पाउने गरेकाे थियाे ! साेहिबिचमा उनिहरुकाे ब्रेकअपकाे खबरले पनि राम्रै चर्चा पायाे ! यता चर्चित हास्य टेलिश्रंखला भद्रगाेलबाट छुट्टिद्दै बलेकाे टिमले सक्किगाेनी निर्माण गरेका थिए ! जुन नेपालमा पछिल्लाे समय सबैभन्दा धेरै हेर्ने र रुचाईने हास्य टेलिश्रंखला समेत हाे ! उनि स्वर्गीय लाेकगायक राजेन्द्र लम्सालकाे छाेरा हुन् ! उनले बुबा राजेन्द्रलाई केहिबर्ष अघि गुमाएका थिए ! उनकाे बुबाकाे गैरि खेतमा मुल,डाेरीकाे तीन फुदा,सम्झि सम्झि,पर्याे सार्है पिर चर्चित गितहरु हुन् ! यता बलेले भद्रगाेलमा अभिनय गर्नुअघि चलचित्र लाेफरमा अभिनय गरेका थिए ! पछि भद्रगाेलमा अभिनय गरेपछि भने उनलाई बले पात्रले दर्शकमाझ चिनाएकाे थियाे ! बलेकाे अभिनय रहेकाे चर्चित गितहरुमा ओई भन्याे,छुनुमुनु,नैना रेशम आदि हुन् ! जे हाेस सागर लम्साल 'बले' र स्नेहालाई बैबाहिक जिबनकाे हाम्राे तर्फ बाट पनि हार्दिक शुभकामना !


Link: https://www.facebook.com/smarttvnepal79/videos/1130909241303392

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post