एकैसाथ ४ जना नेपालीको घाँटी रेटी हत्या

 सुन्दै मुटु हल्लिने घटना भारतमा घटेको छ । भारत र नेपाल खुल्ला शिमावर्ती क्षेत्रमा पर्दछ । लाखौ नेपालीहरु भारतमा रोजगारीको शिलशिलाका लागी जाने गर्छन् । त्यसैगरी भारतीयहरुपनि उतिकै मात्रामा नेपाल आएर काम गरीरहेको पाहिन्छ । भारतमा नेपालीहरुको हत्या गरिने समाचार कुनै नौलो भने हैन ।



फेरीपनि भारतको मेघालयमा ४ जना नेपाली श्रमिकको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार ति शवहरु हातखुट्टा डोरीले बाँधिएको अवस्थामा फेला परेका थिए । शरीरमा धारिलो हतियार प्रयोग गरेर क्रुर रुपमा आक्रमण गरि हत्या भएको आशंका गरीएको छ । सबै शवहरुमा हतियार प्रयोग भई बनेका घाउचोटहरु स्पस्ट रुपमा देख्न सकिन्छ ।


मेघालयको इस्ट जयन्तिया हिल्सको उम्प्लेङ बजार नजिकै जंगलमा शवहरु फेला परेको इस्ट जयन्तियाका प्रहरी उपरीक्षक गिरी प्रसादले बताएका छन् । उनका अनुसार शवमा गरिएको आक्रमण र शवहरुको हातखुट्टा बाँधिएको अवस्था हेर्दा यो पूर्वनियोजित र निकै क्रुर हत्या भएको अनुमान गरिएको छ ।


जयन्तिया हिल्स मेघालयको राजधानी सिलोङबाट करिब १३० किलोमिटर टाढा पहाडी क्षेत्रमा पर्छ । ४ शव मध्ये १ को पहिचान खुलेको छ । उनी नेपालको इलाम घर भएका २३ वर्षका रवि राई भएको बताईएको छ भने अन्यको पहिचान खुल्न बाँकी रहेको सञ्चार मध्यमले जनाएको छ ।


प्रहरीले शवहरुलाई सिभिल अस्पताल खिलेहरियातमा राखेको छ । त्यहाँ शवहरुको पोस्टमार्टम र अन्य परीक्षण गरिने बताइएको छ । शव भेटिएकै ठाउँमा हत्या भएको हो वा अन्यत्र हत्या गरेर शव यहाँ फालिएको हो भन्ने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले बताएको छ ।


खुला शिमा भएको कारण नेपालीहरु भारत जाने र भारतीयहरु नेपाल प्रवेस गर्नेको तथ्याङ्क भेटन सकिन्न । यस भन्दा अघिपनि धेरै नेपालीहरुको भारतमा हत्या भएको समाचार सुन्दै आएका हौ तर नेपाल सरकारले यस्ता घटनालाई सामान्य लिई रहंदा यस्ता घटना न्युनिकरण हुनुको सट्टा अझ बन्दो तथ्याङ्क भएको पाहिन्छ । यस्ता घटनालाई हाम्रो सरकारले वेवस्ता गर्दा भारतीर प्रहरीले समेत त्यति ध्यान दिएको पाहिन्न ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1173618597248094

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post