एकैसाथ ४ जना नेपालीको घाँटी रेटी हत्या

 सुन्दै मुटु हल्लिने घटना भारतमा घटेको छ । भारत र नेपाल खुल्ला शिमावर्ती क्षेत्रमा पर्दछ । लाखौ नेपालीहरु भारतमा रोजगारीको शिलशिलाका लागी जाने गर्छन् । त्यसैगरी भारतीयहरुपनि उतिकै मात्रामा नेपाल आएर काम गरीरहेको पाहिन्छ । भारतमा नेपालीहरुको हत्या गरिने समाचार कुनै नौलो भने हैन ।



फेरीपनि भारतको मेघालयमा ४ जना नेपाली श्रमिकको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार ति शवहरु हातखुट्टा डोरीले बाँधिएको अवस्थामा फेला परेका थिए । शरीरमा धारिलो हतियार प्रयोग गरेर क्रुर रुपमा आक्रमण गरि हत्या भएको आशंका गरीएको छ । सबै शवहरुमा हतियार प्रयोग भई बनेका घाउचोटहरु स्पस्ट रुपमा देख्न सकिन्छ ।


मेघालयको इस्ट जयन्तिया हिल्सको उम्प्लेङ बजार नजिकै जंगलमा शवहरु फेला परेको इस्ट जयन्तियाका प्रहरी उपरीक्षक गिरी प्रसादले बताएका छन् । उनका अनुसार शवमा गरिएको आक्रमण र शवहरुको हातखुट्टा बाँधिएको अवस्था हेर्दा यो पूर्वनियोजित र निकै क्रुर हत्या भएको अनुमान गरिएको छ ।


जयन्तिया हिल्स मेघालयको राजधानी सिलोङबाट करिब १३० किलोमिटर टाढा पहाडी क्षेत्रमा पर्छ । ४ शव मध्ये १ को पहिचान खुलेको छ । उनी नेपालको इलाम घर भएका २३ वर्षका रवि राई भएको बताईएको छ भने अन्यको पहिचान खुल्न बाँकी रहेको सञ्चार मध्यमले जनाएको छ ।


प्रहरीले शवहरुलाई सिभिल अस्पताल खिलेहरियातमा राखेको छ । त्यहाँ शवहरुको पोस्टमार्टम र अन्य परीक्षण गरिने बताइएको छ । शव भेटिएकै ठाउँमा हत्या भएको हो वा अन्यत्र हत्या गरेर शव यहाँ फालिएको हो भन्ने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले बताएको छ ।


खुला शिमा भएको कारण नेपालीहरु भारत जाने र भारतीयहरु नेपाल प्रवेस गर्नेको तथ्याङ्क भेटन सकिन्न । यस भन्दा अघिपनि धेरै नेपालीहरुको भारतमा हत्या भएको समाचार सुन्दै आएका हौ तर नेपाल सरकारले यस्ता घटनालाई सामान्य लिई रहंदा यस्ता घटना न्युनिकरण हुनुको सट्टा अझ बन्दो तथ्याङ्क भएको पाहिन्छ । यस्ता घटनालाई हाम्रो सरकारले वेवस्ता गर्दा भारतीर प्रहरीले समेत त्यति ध्यान दिएको पाहिन्न ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1173618597248094

एकैसाथ ४ जना नेपालीको घाँटी रेटी हत्या एकैसाथ ४ जना नेपालीको घाँटी रेटी हत्या Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 07, 2024 Rating: 5

No comments

Videos