पाहुना आएका व्यत्तीहरुलेनै हत्यार प्रयोग गरी पूर्वराज्यमन्त्रीको गरे हत्या
सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ । उनको साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
घरको नजिकै एक बिहानौ रगतले लतपतिएको अवस्थामा रायको शव छिमेकीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मन्त्री रायकै घरमा काम गर्ने रामउजैन रायका अनुसार आईतबार राती तीन जना व्यक्ति रायलाई भेट्न आएका थिए र केहि समय गफ गरेपछि उनी सँगै सुतेका थिए ।
हत्या भएको थाहा पाएपछि उनिहरुपनि फरार रहेको उनले बताए । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार प्रहरीले बरामद गरेको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । घटनास्थलमै पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटना घट्नुको कारण थाहा नभएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।
गएराति टाउकोमा धारीलो हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ,’ उनले भने, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, हामी सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं थप प्रमाण जुटाउने कार्य भई रहेको ।’
पूर्वमन्त्री राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए । पूर्वमन्त्री राय सामाजीक सेवामा धेरैनै अग्रसर थिए । स्वच्छ छवि बनाएका पूर्वमन्त्री रायको यस्तो घटनामा सम्पूर्ण जिल्लावासी स्तब्द बनेको छ ।
Link: https://www.facebook.com/smarttvnepal79/videos/1522183341668397
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 22, 2024
Rating:


.jpeg)
.jpeg)

.jpeg)

No comments