डर लाग्दो तरिकाले लुटिए पठाओ चालक । प्रहरी समात्यो २ व्यक्तिलाई ।

 उपत्यकाका अधंकांस क्षेत्रहरुमा यातायातको सबै भन्दा छिटो र छरितो माध्यको रुपमा पठाओ लाई लिईन्छ । 


साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो । 



उनीहरुले यही साउन ९ गते  बिहान  ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ का खड्कालाई लुटपाट गरेका थिए । 


ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई  शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको  बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६०००।– र मोबाइल १ थान लुटपाट  तथा चोरी गरी फरार भएकोमा सोही दिन सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल काठमाडौँको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल साँखुमा बस्दै आएका मनिष कोइरालालाई नियन्त्रणमा लिई  कानुन बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिएका छन् । 




त्यसै गरी पछिल्लो समय  धरान र विर्तामोडमा पनि पठाओले आफ्नो सेवा सुचारु गरेको छ ।


यस्ता थुप्रै घटनाहरू हामीले सुन्दै आएका छौं । 

यो भन्दा केही समय अगाडी  पठाओ वालाहरु हनी ट्रयापमा परेको घटना हामीले सुनेका थियाै । 


त्यस्तै अलि अगाडी ललितपुरमा पठाओ राइडरको अपहरण भएको थियो । काठ्माण्डाै कोट्श्वरबाट धापाखेल पुर्याउन गएका २१ वर्षिय पठाओ राइडर यात्रुबाटै अपहरणमा परेका थिए । यसरी भाडा दिनुको साटो सोही ठाउँमा पर्खिरहेका मिनराज राइसँग मिलेर यात्रुका रुपमा  रहेका प्रविन राइले पठाओ राइडर तमा‌‌ङ्गलाइ कुटपिट गरे त्यसपछि राइडरको हात पछाडीबाट र खुट्टा समेत बाधेँर मुखमा पट्टी लगाइदिए अनि बाटोको तल एकान्त ठाउँमा फालिदिएका थिए । त्यसपछि ती राइडरको मोटरसाइकल ब्लुबुक सामसुङ ए ५० मोबाइल र धनमाल समेत लुटेर दुबैजना  फरार भएका थिए ।  

 कहिले गुडिरहेको बाइक खाल्टो भित्र पस्ने  रात दिन घाम पनि नभनी सदैव हाम्रै सेवामा समर्पित पठाओं चालकहरु कहिले बाटोको समस्या भोगिरहेका हुन्छन त कहिले यसरी लुटपाटको  समस्या खेपिरहेका छन् । आखिरी कहिले सम्म यो कुरा प्रति सरकारले धयानाकर्षण पो गर्ने हो कि ?

Link: https://www.facebook.com/smarttvnepal79/videos/996150475579174

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post