देब्रे हात भाँचिएर उपचारका लागी अस्पताल जाँदा दाहिने हातमा प्लास्टर ।

 बझङ्गमा अचम्मनै भयो । मंगलबार साँझदेखी सामाजिक सञ्जालमा एउटा तस्बिर खुब भाईरल बनि रहेको छ । जसमा अस्पतालको चरम लापरवाहि भएको प्रस्ट देख्न सक्छौ । कुरा के रहेछ भने एब बालकको देब्रे हात भाँच्चिएर उपचारका लागि अस्पताल जाँदा दाहिने हातमा पलास्टर गरिदिएछ अस्पतालले । यति सम्मको लापारवाहि त अँह स्विकार योग्य छौन । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको यस्तो चरम लापर्बाहीले भएको घटनामा अस्पतालका कर्मचारीलाई सामाजीक सञ्जाल प्रयोगकर्ताले खुबै आलोचना गरिरहेका छन् । 



अस्पतालले बिरामीको उपचारमा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार केहीबेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।



सुीनील खेल्ने क्रममा आइतबार साँझ घरको ढोकानजिकै लडेका थिए र उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले तत्कालै शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।



केही समयमा आएका नर्सहरूले हातमा पलास्टर गर्नुपर्ने भनेर बालकलाई फेरी अर्को कोठामा सारे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा भाईलाई पर्खेर बसेका थिए । पलास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए । आदेश पनि वास्तै नगरी सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगेपछि आदेशले हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा पलास्टर गरिएको रहेछ । त्यसपछि आदेशले भिडियो बनाउन थाले तर भिडियो गरेको देखेपछि क्यान्टिनका कर्मचारीले तुरुन्तै डाक्टरलाई खबर गरे । हतार हतार डाक्टरको टोली आएर भाइलाई भित्र लगे । पहिलाको पलास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ अस्पतलका कर्मचारीहरुले गल्तीपनि स्विकार गरे र ‘गल्तीले अर्को हातमा पलास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए ।



मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए । पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए । ‘प्रायः यस्तो केस मैले आफैले हेर्ने गर्थें । त्यो दिन खुट्टा भााच्चिएको अर्को गम्भीर बिरामी आएकोले म इमरजेन्सीमा जान्छु, बच्चाको हातमा सपोर्ट लगाइदिनु भनेर तल झरे । उनीहरूले अर्कै हातमा सपोर्ट लगाइदिएछन्,’ खड्काले भने ।



जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले भने हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीले यस्तो कमजोरी गरेको सुनाए । ‘घटनाको बेला म अर्को अपरेसनमा व्यस्त थिए । पछि बुझ्दा अर्थो डाक्टरसहितको टोलीबाट यस्तो कमजोरी भएको रहेछ,’ उनले भने, ‘कसरी यस्तो लापर्बाही भएको हो यस बारेमा थप बुझ्दै छौँ ।’ उनले भविष्यमा यस्तो घटना नदोहोरियोस् भने छानबिन गरिने बताए ।

हो हामीपनि यस्तो घटना नदोहोरियोस हैन घट्दै नघटोस भन्न चाहान्छौ । यो त हातमा गरीएको पलास्टरको सामान्य त्रुटि भयो तर यहि ठाउँमा अरुनै केहि भएको भए बिरामीको ज्यान समेत जाने थियो । दृड बिस्वासका साथ बिरामीहरु डाक्टरलाई भग्वान मानेर अस्पताल जान्छन तर यस्तो कार्यले भोलीको दिनमा बिरामी अस्पतालमा गएर अर्को रोग लगाउनु भन्दा घरमै मर्न चाहान्छु भन्ने दिन नआओस । सबै सचेत रहनुहोला ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/775676648113819

देब्रे हात भाँचिएर उपचारका लागी अस्पताल जाँदा दाहिने हातमा प्लास्टर । देब्रे हात भाँचिएर उपचारका लागी अस्पताल जाँदा दाहिने हातमा प्लास्टर । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 18, 2024 Rating: 5

No comments

Videos