विमान दुर्घटनामा परेका पाँच शव आफन्तले बुझे, अन्यका आफन्तहरूले बीमा रकम माग गर्दै

 बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।  

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव आफन्तले  बुझेका छन् । त्रिवि शिक्षण अस्पतालबाट आज पाँच शव आफन्तले बुझेका हुन् । 



अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न मानेका छैनन् ।  


अन्य मृतकका आफन्तहरूले बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका हुन् । उनीहरुले बीमाको रकम कति पाउने र कहिलेसम्म पाउने, कार्यालयको कामको सिलसिलामा मृत्यु भएकाले  सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति पाउने, मृतक परिवारको शिक्षा, रोजगारी, मृतकका परिवारलाई मानिसिक परामर्श तथा पुनर्स्थापना, मृतकको आश्रित परिवारको हकमा, मृतकको नागरिक लगानी कोषमा जम्मा भएको रकम वा सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषको रकमका बारेमा दाहा संस्कार तथा कृयाको खर्च, शव वाहनको व्यवस्था र सरकारको तर्फबाट पनि क्षतिपूर्तिको माग गरेका छन् ।


त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो । पोस्टमार्टम सकिएसँगै सबैको आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ ।  यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/334320372968282

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post