नेताहरूको मृत्युको लागि यमराजको पुजा,धर्मगुरु पुष्कर पक्राऊ
आफूलाई ‘धर्मगुरू’ भन्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले प्रशासनलाई जानकारी दिए । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।
प्रहरीका अनुसार उनले नेताहरूको मृत्युको लागि यमराजको पुजा गर्न लागेको भन्दै प्रचार गरेका थिए । उनले नेताहरूलाई तर्पण दिन भन्दै सर्वसाधारणलाई सामाजिक संजालमार्फत निम्तो पनि दिएका थिए ।
यस अगी उनले कोरोनाको कहरमा कोरोनाको औषधी भन्दै ब्रम्म लुट मच्चाएका थिए । त्यसपछि उनको चर्चा बढ्न थाल्यो । त्यस पछि उनले कपोकल्पित भविष्यबाणी गरे जस्तो गर्थे जुन भविष्यवाणी सामान्य मान्छे ले पनि गर्न सक्थे । भविष्यवाीको रुपमा सामाजिक सञ्जालमा आतंक फैलाउने उनी पनि एक हुन जसले धर्मको नाम बेचेर सम्पति कामाएका छन् । यही भविष्यवाीकै आश बोकेर नामी कलाकार देखि नेताहरुपनी उनलाई भेट्न गएकी उनको फेसबुक पोस्टमा देख्न सकिन्थ्यो ।
Link: https://www.facebook.com/smarttvnepal79/videos/848656024080343
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 29, 2024
Rating:


No comments