नेताहरूको मृत्युको लागि यमराजको पुजा,धर्मगुरु पुष्कर पक्राऊ

 आफूलाई ‘धर्मगुरू’ भन्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।  धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले प्रशासनलाई जानकारी दिए । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।



प्रहरीका अनुसार उनले नेताहरूको मृत्युको लागि यमराजको पुजा गर्न लागेको भन्दै प्रचार गरेका थिए । उनले नेताहरूलाई तर्पण दिन भन्दै सर्वसाधारणलाई सामाजिक संजालमार्फत निम्तो पनि दिएका थिए । 


यस अगी उनले कोरोनाको कहरमा  कोरोनाको औषधी भन्दै ब्रम्म लुट मच्चाएका थिए । त्यसपछि उनको चर्चा बढ्न थाल्यो । त्यस पछि उनले कपोकल्पित भविष्यबाणी गरे जस्तो गर्थे जुन भविष्यवाणी सामान्य मान्छे ले पनि गर्न सक्थे । भविष्यवाीको रुपमा सामाजिक सञ्जालमा आतंक फैलाउने उनी पनि एक  हुन जसले धर्मको नाम बेचेर सम्पति कामाएका छन् । यही भविष्यवाीकै आश बोकेर नामी कलाकार देखि नेताहरुपनी उनलाई भेट्न गएकी उनको फेसबुक पोस्टमा देख्न सकिन्थ्यो ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/848656024080343

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post