आमा छोरी मिले‍र गरे बुवाको हत्या । कारण थियो सामान्य घरझगडा ।

 घटना हो श्रावण २ गते बुधबारको दिन सर्लाही जिल्लाको ।

ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई प्रहरीले पक्राउ गरेको छ । 



सामान्य घरझगडाबाट सुरु भएको उत्त घटना विवाद चुलीँदै जाँदा ज्याननै लिएर टुङ्गयो । श्रीमानसंग मनमुटाबका कारण आमा छोरीले कुटपिट गर्दा बुवा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । 

 

प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई घटना स्थलबाटै तत्कालै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटना गटेको पुष्टि भएपनि घरझगडा के कारणले भयो भन्ने कुरा अहिले सम्म पता नलागेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।


यसरी घरको सामान्य झगडालाई मिलेर सुल्झाउनु पर्नेमा झगडालाई उचालेर  श्रीमान र आफ्नो जन्मदिने बुवाको ज्यानै लिने सम्मको घटनाले आँखिर के नै दियो र ? यता एकछिनको रिसले आफ्नो श्रीमान र बुवा गुमाउन पर्यो उता आफुपनि कानुनी फन्दामा पारियो ।

मानिसले वातावरणलाई आफु अनुकुल ढाल्न सक्ने भएको कारण श्रर्वश्रेष्ट प्राणी भनिएको हो तर रिसलाई काबुमा राख्न नसक्दा प्रकृतिकै सबैभन्दा कुरुप र बिफल प्रणी बन्न सक्छ ।

Link: https://www.facebook.com/smarttvnepal79

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post