आमा छोरी मिले‍र गरे बुवाको हत्या । कारण थियो सामान्य घरझगडा ।

 घटना हो श्रावण २ गते बुधबारको दिन सर्लाही जिल्लाको ।

ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई प्रहरीले पक्राउ गरेको छ । 



सामान्य घरझगडाबाट सुरु भएको उत्त घटना विवाद चुलीँदै जाँदा ज्याननै लिएर टुङ्गयो । श्रीमानसंग मनमुटाबका कारण आमा छोरीले कुटपिट गर्दा बुवा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । 

 

प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई घटना स्थलबाटै तत्कालै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटना गटेको पुष्टि भएपनि घरझगडा के कारणले भयो भन्ने कुरा अहिले सम्म पता नलागेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।


यसरी घरको सामान्य झगडालाई मिलेर सुल्झाउनु पर्नेमा झगडालाई उचालेर  श्रीमान र आफ्नो जन्मदिने बुवाको ज्यानै लिने सम्मको घटनाले आँखिर के नै दियो र ? यता एकछिनको रिसले आफ्नो श्रीमान र बुवा गुमाउन पर्यो उता आफुपनि कानुनी फन्दामा पारियो ।

मानिसले वातावरणलाई आफु अनुकुल ढाल्न सक्ने भएको कारण श्रर्वश्रेष्ट प्राणी भनिएको हो तर रिसलाई काबुमा राख्न नसक्दा प्रकृतिकै सबैभन्दा कुरुप र बिफल प्रणी बन्न सक्छ ।

Link: https://www.facebook.com/smarttvnepal79

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post