साथ नछाड्ने कसम खाएका साथीहरुले सासपनि छाडेनन् शुनिलको । गाली गरेको भन्दै ज्यान लिए ।

 भनिन्छ साथी   हरेक सुख दुःख साट्ने मनको नजिक रहेको मित्र हो  तर यहाँ आफ्नै साथीहरुको समुहले चक्कु प्रहार गरी  आफ्नै साथीको हत्या गरेका छन् । साथीहरु नै उनको प्राण लिने दुस्मन बने ।



रोल्पामा एक युवकको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। 

कपिलवस्तुको वाणगं‌गा नगरपालिका वडा नम्बर २ घर भई रोल्पा नगरपालिका-४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ वर्षीय शनी भनिने सुनिल पुनको हत्या भएको हो। 

उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा शनिबार राति ९ बजेतिर मृत्यु भएको हो।


उनको हत्याको आरोपमा प्रहरीले रोल्पा-९ बस्ने २८ वर्षीय मदन रोका मगरसहित ८ जना पक्राउ परेका हुन्। पक्राउ परेका अन्य सात जनाको नाम गोप्य राखिएको छ। 


यस घटनामा दुई जना घाइते समेत छन्। रोल्पा-४ खाद्यटोल बस्ने १६ वर्षीय अनिल पुन मगर र अटो वर्कशव संचालक ३३ वर्षीय कृष्णबहादुर अधिकारी पनि घाइते  भएका छन्। 

अधिकारीको बायाँ हातको बुढी औंलामा र पुन मगरको ओठ र टाउकोमा चोट छ। उनीहरू दुबै जनाको अवस्था सामान्य रहेको छ।


जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार घटनामा संलग्न सबै जना आपसमा मिल्ने साथीहरू थिए। उनीहरू एक-अर्काको घरमा आउजाउ गर्ने तथा बास बस्नेसम्म गर्ने गर्थे।

शनिबार राति मृतक शनिले मदिरा सेवन गरेका थिए। साथीहरूसँग बसिरहेका उनले गालीगलौज गर्न थालेको आरोप रहेको छ । जसपछि आवेगमा आएका साथीहरूले नै चक्कु प्रहार गरेको डिएसपी लामाले बताए। 


‘मृतकले मदिरा सेवन पछि साथीहरूलाई तथानाम गाली गलोज गरेपछि झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ,’ डिएसपी लामाले भने। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Link: https://www.facebook.com/smarttvnepal79/videos/429077076780455

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post