श्रावण महिनामा किन लगाइन्छ हरियो चुरा र मेहेन्दी

 साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।  याे बर्षको पनि श्रवण महिना आजबाट सुरु भइसकेको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । 


वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिलाले सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भनी हरियो चुरा र मेहन्दी लगाउँछन । 


परापूर्वकालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खाने चलन थियो तर अहिले आएर आधुनिकता र समयको मागसँगै साउन महिना भरि हरियो, पहेँलो र रातो रङ्गको सारी, चोलो, कुर्ता, चुरा, पोते, नङ पालिस, मेहन्दी शास्त्रीय आधार नभेटिए पनि यसको प्रचलन बढेको छ । अहिले व्रत बस्ने, पूजाआजा गर्ने शिव मन्दिरमा जाने, रुद्राभिषेक गर्ने प्रचलन बढेको छ र यस कार्यमा महिला मात्रै नभएर पुरुषहरू पनि संलग्न भएको देख्न पाइन्छ ! 


तर, यो चलन कहिले सुरु भयाे र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ । 



हिन्दू धर्मग्रन्थका अनुसार ‘ 

श्रावण महिनामा पनि सोमबार  भगवान शिवको प्रिय दिन भएकाले यो दिन व्रत बस्दा लौकिक र पारलौकिक फल प्राप्त हुन्छ,,,,,,भने ज्ञान,विचार,बुद्दी,विवेक,श्रदा,शक्ति,भक्ति तथा पवित्रताको अभिवृद्धि इब अन्तरात्मा शुद्ध हुन्छ । साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा,पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् । ’ 


प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ । 


साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् । 


मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउँदैनन् ।कतिपय ठाउँमा मेहन्दीलाई डार्क बनाउनका लागि विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हो । यस्ता मेहेन्दीको प्रयोगले छाला पोल्ने छालाको एलर्जी हुने देखि क्यान्सरसम्मको रोग लाग्ने खतरा बढी हुन्छ ।त्यसैले मेहन्दी लगाउँदा प्राकृतिक मेहेन्दी प्रयोग गर्न चिकित्सकहरूको सुझाव छ ।त्यस कारण जथाभावी मेहेन्दी प्रयोग नगर्नु होला ।महिलालाई शिब जस्ताे श्रिमान र पुरषलाई पार्बतीजस्ताे श्रिमती परुन श्रावण महिनाको सबैलाई शुभकामना

Link: https://youtu.be/QunB6uhFLLA

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post