सानैमा भाइरल बनेका प्रेम परियार-फिल्मकाे हिराेदेखि खस्कदाे करियरले गुमनाम गायकसम्म

 सामाजिक संजालकाे बढ्दाे लाेकप्रियताले कुनै कुरा यति छिटाे फैलिन्छ कि रातारात निकै चर्चित भैदिन्छ ! अझ साधारण भाषामा भन्नु पर्दा भाईरल भैदिन्छ ! पछिल्लाे केही बर्षयता भाईरल शब्द नै यति भाईरल छ कि उक्त शब्द नसुन्ने र नभन्ने सायदै कम हाेलन् ! बालेन हर्क युगमा भाईरल हुनकै लागि मानिसले यतिसम्म चटक गर्छन कि जुन हेर्न र सुन्न पचाउन हत्तपत्त मुश्किल नै पर्छ ! राम्राे कुरा जति छिटाे फैलिन्छ नराम्राे कुरा झनै त्याे भन्दा छिटाे फैलिन्छ ! तर आज हामी नराम्राे भन्दा पनि राम्राे पक्षले सानै उमेरमा भाईरल भएका अहिलेका एक गुमनाम गायक प्रेम परियारकाे बारेमा चर्चा गर्दै छाैँ !


करिब बार्ह बर्षअघि मलाई याे जिन्दगीले कहाँ पुर्यायाे बाेलकाे गित गाएर रातारात चर्चामा आएका प्रेम परियारकाे आवाज नसुन्ने सायदै कमै हाेलान ! उक्त चर्चापछि उनले केही बर्ष गितसंगिमा पछाडी फर्केर हेर्नू परेन ! सफल चलचित्र नाई नभन्नु ल मा मर्ने कसैलाई रहर हुदैन बाेलकाे गित गाएपछि उनकाे गायन करियरले झनै उडान भर्याे ! उक्त गितपछि उनकाे थुप्रै चर्चित गितहरु आए,तर जब उनी बिस्तारै युबा उमेरमा प्रबेश गरे उनकाे आवाज फेरियाे गित पाउन छाेडे पाएकाे गित पनि चल्न छाेडे ! हुन त भाईरल लामाे समय टिक्दैन भनिन्छ न त ज्वराे न त गित संगित नै ! बारम्बर गितसंगितमै पुनह सक्रिय हुन खाेजेका उनि हाेइन उनकाे लाेकप्रियता हराएकाे हाे ! उनकाे दर्जनाै हिट गित सांगितिक बजारमा छन् तर उनी आफै भने यस क्षेत्रमै कहि कतै हराएका छन् ! कलिलाे उमेरमै अपत्यारिलाे चर्चा कमाएका उनि अहिले लक्का जवान भै सकेका छन् ! गायन,माेडलिङ र पढाईलाई सँगै अघि बढाईरहेका उनले केही बर्ष एक फिल्ममा गर्ने पक्का भएकाे थियाे ! फिल्म पर्खि बसे फर्कि आउनेछुकाे चार बर्ष अघि दाङमा एक कार्यक्रमका बिच निर्माण घाेषणा भयाे ! गायकबाट नायक बन्न लागेका उनलाई बधाईकाे ओईराे नै लाग्याे तर फिल्म बन्याे बनेन केहि अत्ताेपत्ताे छैन !
पछिल्लाे केहिबर्ष यता उनी गित संगित क्षेत्रबाट गुमनाम जस्त‌ै छन् ! हुन त फाट्ट फुट्ट उनकाे गित भने बजारमा नआएका हाेईनन् तर यनि आफै चर्चामा भने आउन सकेका छैनन् ! प्रेम निकट केहि ब्यक्तिहरुकाे अनुसार उनकाे खस्कदाे करियरले उनि डिप्रेसनकाे सिकार हुन आँटेका थिए भन्ने सुनिन्छ ! सायद उनलाई पनि माैका आउँछ पर्खदैन बगेकाे खाेला फर्कदैन भनेजस्तै भएकाे हुनुपर्छ ! लामाे समयपछि उनले गाएकाे एक लाईभ दाेहाेरी युटुबमा राखिएकाे छ,जहाँ उनलाई राम्रा प्रतिक्रिया आएका छन्,तारिफ गरेका छन् उनका फ्यानले उनलाई लामाे समयपछि देख्न पाउँदा खुसि ब्यक्त गरेका छन् ! तसर्थपनि प्रेमले यसलाई कमब्याक मानेर फेरि गितसंगितमै सक्रिय भएर दर्शक श्राेताकाे मनमा बस्ने काेशिस गर्दा राम्राे हाेला कि ? बार्ह बर्षमा त बगेकाे खाेला समेत फर्किन्छ भनिन्छ उनकाे लाेकप्रियता फर्कियाेस शुभकामना !

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post