आर्यानलाई लिएर फिल्म बनाएकि आशिकाकाे कराेडाैँ स्वाहा-रिलमा फ्लप तर रियलमा बनिन् हिराेईन

 करिब दश बर्षअघि सर्बाधिक सफल अभिनेताका रुपमा थिए आर्यन सिग्देल ! उनैलाई लिएर अहिलेकि सामजिक अभियान्ता आशिका तामाङले फिल्म शुश्री निर्माण गरिन् ! जुन फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएन फिल्म सुपर फल्प भयाे ! लभर ब्यायकाे छवि बनाएका आर्यनलाई उक्त फिल्ममा कमेडी जनरामा देखाईयाे ! न त फिल्ममा उनकाे कमेडि चल्याे न त फिल्म नै ! आर्यनकाे स्वयमकाे करियरमा समेत थप फल्प फिल्मकाे संङ्या मात्र बढ्याे ! पहिलाे गाँसमै ढुङ्गा लाग्याे भनेझै आशिकालाई पनि पहिलाे फिल्मबाटै नराम्राे असफलता मिल्याे ! उक्त फिल्मकाे असफलता पछि उनले न त फेरि फिल्म गरिन् न त अभिनयनै ! तर रिलकाे अभिनेत्रीकाे रुपमा पहिलाे गाँसमै ढुङ्गा लागे पनि भाग्यले उनलाई रियल लाईफकै हिराेईन नै बनाईदियाे !



तर उक्त फिल्मबाट कराेड बराबरकाे रकम डुबाएकाे उनि आफैले केही दिन अगाडि दिएकाे एक अन्तरबार्तामा बताएकि छिन् ! करिब दश बर्ष अघि निर्माण भएकाे चलचित्रमा कराेड बराबरकाे रकम खर्च गर्नु चानचुने कुरा पनि हाेईन ! तसर्थ पनि आशिकालाई ठुलै झट्का लागेकाे हुनुपर्छ ! फलस्वरुप उनले फिल्म क्षेत्रलाई चट्टक्कै माँया मार्नुपर्याे ! अभिनेत्रीको रुपमा डेब्यु गर्नुअघि आशिकाले म्युजिक भिडियोमा मोडलको रुपमा काम गरेकी थिइन् । उनले मिस तामाङ २०१२ मा पनि भाग लिएकी थिइन् ! हाल जर्मनीमा बस्दै आएकि उनि पेशाले नर्स हुन् ! जर्मनिकै थाेमससँग बिहे गरेर जर्मनीनै बस्दै आएकि उनले जर्मनिमै पनि नर्सिङ पेशा गर्दै आएकि छिन् ! उनले केहि म्युजिक भिडियाेमा समेत काम गरेकि छिन् ! उनकाे डेब्यु म्युजिक भिडियो तिम्राे मुस्कानमा हाे ! उनि नेपाल फर्केर ग्ल्यामर क्षेत्रमा काम गर्न चाहन्थिन् । त्यही कारण उनले फिल्म ‘सुश्री’मा लगानि गरिन तर, फिल्मले दर्शकलाई तान्न सकेन । त्यसपछि उनि अर्को फिल्ममा देखिएकी छैनन् । कुनै समय अभिनेता भुवन केसीसँग पनि उनकाे जोडिएकाे थियाे । भुवनले पछि अभिनेत्री जिया केसीलाई डेट गरेपछि उनि टाढिएकि थिईन ! उनलाई हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तो लुक्स भएको मोडलको रुपमा पनि चर्चा गरिन्छ । उनकाे ओठ एन्जेलिनाको जस्तै देखिने प्रतिक्रिया आउने गर्छन्। उनको फिगर र ओठकाे पनि राम्रै चर्चा भएकाे पाईन्छ । कहिले उनि खसि काण्डमा भाईरल भईन त कहिले कुखुरा काण्ड ! जे हाेस रिलमा फल्प भएपनि रियलमा नायिका बनिरहेकि आशिकालाई सत्कर्मकाे शुभकामना

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post