सौर्य विमानको भयानक दुर्घटना, एक ज्योतिषले दिएका डर लाग्दो संकेत।

३ दिनअगाडि युवा ज्योतिष दियु पौडेल नामक फेसबुक आईडी बाट श्रावण ९ गते देखि कार्तिक २३ गते सम्म वायु यानको दुर्घटना हुन सक्ने गोचरिय  सम्भावना भनेर पोस्ट गरेका थिए । देशमा आज साँच्चिकै अनिष्ट भएको छ । आज विमान दुर्घटना भई एकै ठाउँमा १८ जान को मृत्यु भएको छ भने १ जान को स्वास्थ्य अवस्था स्थिर रहेको छ  ।



त्यसै गरी  उनको भविष्यबाणी मिल्नु यता भीमसेनको शिलामा पसिना आउनुले अझै पनि अनिष्ट हुने संकेत देखाएको छ ।

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पुनः ‘पसिना’ आएको छ। भीमस्वरनको मूर्तिमा बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको हो।


जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी युवराज खड्काका अनुसार दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि दिउँसो ३ बजेर १३ मिनेट जाँदासम्म शिलामा पसिना आएको हो।


‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ। यसअघि शनिबार पनि शिलामा पसिना आएको थियो। भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्ट सहित सबै प्रकारका बाजा बजाइन्छ। शिलामा पसिना आउनुलाई राम्रो संकेत मानिदैन। 


पहिले देखि विश्वास गर्दै आईरहेको कुरा हो यो। । आज भएको दुर्घटनामा, ज्योतिषको भविष्यबानी  मिल्नु शनिबार शिलामा पसिनाले अनिष्ट हुन्छ भन्ने संकेतलाई पूर्वसंकेत को रुपमा की संयोग  । अहिले बर्खा झारीको समयमा पनि एउटा  ढुंगाको शिलामा पसिना आउनु भनेको असामान्य कुरा हो । शनिबार पछि आज  फेरि शिलामा पसिना आएको छ के  देशमा अझै यस्तो अनिष्ट हुने  संकेत हो त ? सबैजना सजक र सुरक्षित रहौं।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1036491047892909

सौर्य विमानको भयानक दुर्घटना, एक ज्योतिषले दिएका डर लाग्दो संकेत। सौर्य विमानको भयानक दुर्घटना, एक ज्योतिषले दिएका डर लाग्दो संकेत। Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 24, 2024 Rating: 5

No comments

Videos