संगै होटेलमा बसेर ३ महिनापछि प्रेमीकाले दिईन प्रेमी बिरुद्ध बलत्कारको जाहेरी ।

कमलपोखरी को एक होटेलमा युवतीलाई बलात्कार गरेको आरोपमा उनका २० वर्षिय प्रेमी कमल (परीवर्तित नाम) पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मोरङ घर भई काठमाण्डौ सरस्वतीनगर बस्दै आएका बुढाथोकी थरका एक युवक छन् । सुनिता (परीवर्तीत नाम)को सरकारी कागजका अनुसार उमेर २० वर्ष १० महिना पुगेको छ । सुनिता र कमल एउटै कलेजमा एकै कक्षामा पढ्ने विद्यार्थी हुन् । घटना २३ फागुन को हो भने घटना स्थल कमलपोखरी रोयल इम्पाएर होटल भनिएको छ । सुनिता ले उजुरी भने तीन महिना पछि जेष्ठ दोश्रो साता प्रहरी वृत मालीगाउँमा हालेकी हुन । कमलले आफूलाई धाकधम्की दिएर गाडीमा हालेर होटेलमा लागेर जबर्जस्ती गरेकी पीडितले जाहेरीमा लेखेकी छिन् । सोही जाहेरी र प्रमाणको आधारमा कमल पक्राउ पनि परे सके। 



पक्राउ पछि प्रहरीले प्रतिवेदन तयार गरी जिल्ला सरकारी ओकील कार्यालयमा बुझाएको थियो । त्यसपछि सरकारी ओकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । सुनिताले जाहेरीमा आफूले नमान्दा नमान्दै पनि जबर्जस्ती गाडीमा हालेर होटल लगेको उल्लेख गरेकी छिन् । यद्यपि कमल चिनजान कै रहेको उनले बताएकी छिन् । कमल मेरो चिनजानको व्यक्ति हो कमलले मलाई धेरैनै मन पराउँछु भनी प्रेम प्रस्ताव राखेको थियो । म जाहेर वालाको पछि लागेर कोठा समेत आयो । फागुन २३ गते बिहान ११ बजे उँ मेरो डेरा कोठा नजिक आयो मालाइ मेरो कोठाबाट बाहिर बोलाएर मलाई गाडीमा राख्यो । कमलपोखरी स्थित रोयल इम्पाएर होटल लाग्यो मन्जुरी बिना निजले मेरो शरीरमा मा लगाएको कपडा खोलि बेडमा सुताई पटक पटक जबर्जस्ती करणी गरेको हुँदा प्रतिवादीलाई जबर्जस्ती करणी सम्बन्धी कसुरमा कारबाही गरी पाउँ भनी त्यहाँ भनिएको छ । अभियुक्त कमलले भने जाहेर वाला संग आफू प्रेम मा रहेको दाबी गरेका छन् । उनले २०७७ सालमा आफू १६ वर्षको हुँदा देखि सुनितासंग पटक पटक शारीरिक सम्पर्कमा रहेको दाबी गरेका छन् । म कक्षा १० मा पढ्दै गर्दा जाहेर वाला संग फेशबुक मा चिनजान भयो २०७७ सालमा काठाडौं आई सरस्वती नगरमा बस्न थाले जाहेर वालाले मलाई प्रेम प्रस्ताव राखिन् त्यो बेला मा भर्खर १६ वर्ष को थिए । सोही बेला देखि जाहेर वाला र  म प्रेम सम्बन्धमा थियौ । एकै कलेजमा सगै पढ्न थाल्यौ । उनको बयानमा उल्लेख छ । कलेज पढ्ने समयमा  बाहेक अन्य समयमा समेत भेटघाट हुने र सुनिताको डेरामा आफु लगातार गइरहने गरेको कमलले बयानमा दिएका छन् । २०७७ सालको फागुनमा सुनिताको कोठामा  उनी बाहेक कोही नभएको बेला आफू गएको कमलले बताएका छन् । कोही नभएको समयमा सुनिताले मलाई कोठामा बोलाएकी थिइन् । म उनको कोठामा पटक पटक गई रहेको पनि थिए । दुवैजनाको सहमतिमा पहिलो पटक शारीरिक सम्बन्ध भएको हो । पछिल्लो दिनहरुमा पनी पटक पटक शारीरिक सम्पर्क हुँदै आएको थियो । बिहे गर्ने सम्म कुरा हुँदै थियो । पछि पढ्न म बुटवल गए । उनी काठमाण्डौ मै पढ्ने भइन् । पछिल्लो समय हामीहरु बिचमा शंका उपशंका उत्पन्न हुने गरेको थियो । छिन छिनमा सामान्य विवाद हुने गरेको थियो । कमलले बयानमा भनेका छन् । सुनिताको परिवार र आफ्नो परिवार ले समेत आफुहरुको सम्बन्ध थाहा पाएकाले छुटाउन प्रयास गरेको कमलको बयानमा छ । दुवैजनाको सल्लाहमा होटल गएको, सहमतिमै सम्बन्ध भएको र सुनिताले होटल को पैसा समेत तिरेको कमलले बताएका छन् । सुनिताले भनेको हटेलको कोठा नं ४२० मा बसेको कमलले स्वीकारेका छन् । सहमतिमै ३-४ पटक यौन सम्पर्क भएको हो । हामी दिनभर होटेलमा संगै बसेर साझा आ आफ्नो कोठा निस्कियौ । होटलबाट निस्किदा मैले १२०० रुपैयाँ तिरे मसंग त्यति मात्रै थियो। बाकी पैसा सुनिताले तिरेर हामी निस्किएका थियौं। भोली पल्ट सुनिता मेरो घरमा आएकी थिईन कमलले भन्यो । सरकारी ओकील कार्यालले अभियुक्तलाई  ७-१० वर्ष सम्म कैद र क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

Link: होटलको बिल तिरेर बसेकि प्रेमिकालेनै ३ महिनापछि दिईन प्रेमी बिरुद्ध जाहेरी ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post