सौर्य विमान दुर्घटनामा उद्दार गर्न खटिएका प्रहरी कर्मचारीहरु पुरस्कृत ।

 बुधबार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उद्धारको लागि खटिने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



‘विमान चालक क्याप्टेन मनीषरत्न शाक्यलाई अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरी अदम्य साहसका साथ कर्तव्य पालन गर्ने प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यको कदर स्वरूप नगद पुरस्कार सहित ६ जना प्रहरी कर्मचारीलाई  पुरस्कृत गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेब खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, कारण सिंह चाहिसिर, भीमप्रसाद गौतम र कृष्णप्रसाद जोशीलाई पुरस्कृत गरिएको छ । 



साउन ९ गते बिहान ११  बजेर १३ मिनेटको समयमा  जाँदा  काठमाण्डौबाट पोखरा जान लागेको उक्त विमान उड्ने बितिकै खसेर दुर्घटना भएको थियो । दुर्घटना पाईलट सक्या बाहेक १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सौर्य विमानको कर्मचारी, इन्जिनियर तथा उनीहरूको आफन्त रहेको प्रहरीले जनाएको छ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1219002055688577

सौर्य विमान दुर्घटनामा उद्दार गर्न खटिएका प्रहरी कर्मचारीहरु पुरस्कृत । सौर्य विमान दुर्घटनामा  उद्दार गर्न खटिएका प्रहरी कर्मचारीहरु पुरस्कृत । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 26, 2024 Rating: 5

No comments

Videos