स्कूल बस दुर्घटना, कार्यालय सहयोगी र उनको छोराको मृत्यु

 पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा घाइते भएकी बसकी सहचालकको मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिक हुन्। पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो ।  घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । आरती स्कुल बसमा सहयोगी थिइन् ।



दुर्घटनामा २९ विद्यार्थी सहित ३० जना घाइते छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।  जीएमसीमा १५ जना, प्रतिष्ठानमा १२ र मणिपालमा ३ जना उपचार गराइरहेका छन् ।

घाइतेमध्ये अन्यको अवस्था सामान्य छ।



उनीहरूमध्ये अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ। बस चालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेलको मणिपालमा उपचार भइरहेको छ। उनको ढाडमा चोट छ। बस ब्रेक फेल भएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ।


सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । 



बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार रहेको खुलेको छ। दुर्घटनामा घाइतेको उद्धार गरी अस्पताल पठाइएको थियो । तीमध्ये गण्डकी मेडिकल अस्पतालमा पुर्‍याइएकी आरतीलाई चिकित्सकले मृत घोषित गरेका हुन्।


विद्यालयका लेखापाल बिन्दु तिमिल्सिनाका अनुसार विद्यार्थी बोक्नका लागि विद्यालयका ३ बस र १ भ्यान छन्। दुर्घटनामा परेको बसले पोखरा २१ को रामदी र एकहातेका ठाउँबाट विद्यार्थी उठाएको थियो। विद्यालयमा हाल ४ सय ६० जना विद्यार्थी पढ्छन्।

Link: https://www.facebook.com/smarttvnepal79/videos/476306791771955

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post