निर्धयी आमा जस्ले बच्चा धेरै रुएको भनेर बच्चलाई बिष खुवाएर हत्या गरीन ।

 संसारमा धेरै आमाहरुको कोख खाली भयो भनेर दिन रात रुएको देखेका छौ तर यो समाचार सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । यहाँ एउटि आमाले आफ्नै २ महिनाको बच्चाको हत्या गरेकी छिन् ।

आमा यस्तो सम्बन्ध जो हरेक दुःखको मलम बन्न सक्छिन । आमा  शब्दमा छुट्टै भावना लुकेको हुन्छ । आमा भनेकि जननी हुन सृष्टिकर्ता हुन । आमाले बच्चालाई जन्म मात्रै दिने हैन आमाले बच्चा र मृत्यु रोज्नु परेमा आफु मरेरभएपनि बच्चलाई बचाउँने सामार्थय राख्न सक्छिन । सृष्टिमा सबै प्राणीले बच्चालाई जन्म दिन्छिन तर मानिसमा आमा र बच्चाको छुट्टै सम्बन्ध रहेको पाहिन्छ । 

ओखलढुङ्गामा एक महिलाले आफ्नै दुई महिने शिशुको हत्या गरेर जंगलमा फालेको आरोपमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा  सिद्धिचरण नगरपालिका वडा नं. ४ चार्खु बस्ने २६ बर्षिया दिप कुमारी राई रहेकी छिन् ।


जस्ले जन्म दियो उसैले प्रण लीयो । गत असार ३१ गते दिउँसो १ बजेतिर जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ८ को बाघखोर स्थित जंगलमा मृत शिशुको शब रहेको भन्दै स्थानीयले देखेर प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरीलाई जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको थियो ।



प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रकृया पुरा गरेर शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको थियो । बच्चाको शबको पोष्टमार्टममा समस्या भएपछि शबलाई पोष्टमार्टमका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौं पठाएको थियो । शबलाई काठमाण्डौं पठाएर मृतक शिशुको बाबुआमा खोजीको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली खटिएको थियो । 


अनुसन्धानका क्रममा उक्त शिशु सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटार चार्खुका युवराज राई र दिप कुमारी राईको रहेको भन्ने पत्ता लाग्यो । त्यसपछि अनुसन्धानका लागि सोहि दिन शिशुका आमा दिप कुमारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।


अनुसन्धानका क्रममा बच्चालाई आफैले हत्या गरेर जंगलमा फालेको राईले स्विकार गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । प्रहरीको अनुसन्धानको क्रममा बच्चा जन्मेदेखि नै धेरै रोईबस्ने भएकोले दिक्क लागेर बच्चालाई किटनाषक औषधी खुवाई हत्या गरेको शिशुकी आमा राईले बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।


एउटी आमाले खै कसरी पो बच्चाको हत्या गर्न सक्लिन र त्यहिपनि आफूले ९ ९ महिना गर्वमा राखेर जन्म दिएको बच्चाको । यस्तो आमालाई आमा बन्ने भाग्य पो किन दिन्छौ भग्वान । जो बच्चा जस्ले संसार देखेको बुझेको छौन उसले जन्म लिएको २ महिना नपुग्दै संसार छोड्नु पय्रो । बच्चा हो रुन्छ हर कोहिको बच्चा रुन्छ । बिरामी पय्रो कि भनेर अस्पताल लाने हो तर बच्चा रुएको भनेर ज्याननै लिन पर्ने खै कस्तो बिडम्बना ? यसरीनै हर कोहिको आमाले बच्चा रुयो भनेर बच्चाको ज्यान लिएको भए न आज म यो समाचार भनी रहने यहाँ हुन्थे न हजुर यो समाचार हेरी रहनेनै । आमा हो भने आमा जस्तो बन ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/2265139350497227

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post