इन्स्टाग्रामका लागि रिल्स बनाउने क्रममा चिप्लिएर झरनामा खस्दा एक युवतीको मृत्यु

 अहिले मोबाईलको  लत र मोह मानिसलाई यति धेरै छ कि बस्दा होस् या कतै निस्किदा अरू कुरा बिर्सिए पनि मोबाईल  बोक्न बिर्सिएको हुँदैन ।


मोबाईलको सही प्रयोगले हाम्रो जीवनलाई सहज बनाउन त मद्दत गर्छ नै तर मोबाईलको कारण हाम्रो जीवनमा धेरै नकारात्मक असर पनि परिरहेको हुन्छ ।  युवा पुस्ता होस् या अरू उमेरका मानिस सबैले TikTok बनाउने  insta मा रीलस  भिडियो बनाउने भाइरल हुने मोह धेरै छ । TikTok भिडियो बनाउन जाँदा थुप्रै अप्रिय घटना घटेको सुदै आएका छौं आज फेरि यस्तै एउटा दुखद घटना घटेको छ । insta को reels भिडियो बनाउने क्रममा झरनामा लडेर एक युवतीको मृत्यु भएको छ । 



२७ वर्षीया आन्भी कामदार ३०० फिट अग्लो झरनाबाट बुधबार खसेकी थिइन् । उनको उद्धार गर्न सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्धारकर्ता खटिएका थिए । उद्धार गरेर ल्याउँदासम्म उनी जिवितै थिइन् । उपचारका लागि अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 



उनी आफ्ना सात जना साथीसँग मनगाउँ जिल्लाको कुम्बे झरनामा पुगेकी थिइन् । रिल्स बनाउने क्रममा चिप्लिंदा उनी झरनामा परी ३०० फिट तल झरेकी थिइन् । 


इन्स्टाग्राममा दुई लाख ६० हजार बढी फलोअर भएकी कामदार विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्ल्युन्सरका रूपमा परिचित थिइन् । त्यसबाहेक उनी 'डेलोइट' नामक प्रविधि कम्पनीमा चार्टर अकाउन्टेन्टको काम गर्थिन् ।



यती मात्र नभएर हाम्रै देश नेपालमापनि रिल्स र टिकटक बनाउने क्रममा सामान्य बालबच्चा देखी ठूलो अहोदा सम्मका मानिस हरुको व्यवहार चिप्लिएका प्रशस्तै घटनाहरु छन् । कोहि त त्यहि टिकटक का क्लिप्सहरुले गर्दा मृत्युको बाटो सम्म रोज्नु परेको समाचार सुनेका छौ । तय यसो भन्दैमा सबै नराम्रो मात्र हुने भन्ने होईन । यसले व्यापार व्यवसाय, सुचना प्रवाह गर्ने, मोटिभेसनल स्पिकर, गीत संगीतको प्रमोसन र आमदानीको श्रीत समेत खुलाउने देखिन्छ । यस्ता उदाहरणपनि हामी माझ धेरै नै छन् । भनिन्छनि जान्नेलाई श्री खण्ड नजान्नेलाई खुर्पाको बिड हो त्यस्तै हो अहिलेको डिजिटल युग । सहि तरीकाले चलाएर फईदा लिन सक्यो भने जिवन बनाईदिन सक्छ अनि दुरुपयोग गय्रो या चलाउन जानिएन भने जिवन बर्बाद गराईदिन्छ । तसर्थ हामी सबैले यस्ता कुरामा ध्यान दिने गरै । बिशेषत युवा पुस्त देखी कम उमेरका मानिसहरुमा यस्ता प्रविधिको हाबि भएको देख्न पाउँछौ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1661858794638827


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post