पाँच नायिकासँग अनमाेलकाे प्रेमचर्चा-काे काे सँग हल्ला ? कस्लाई गर्छन साँचिक्कै प्रेम !

 मेगास्टार अभिनेता अनमाेल केसी सदाबाहार नायक भुबन केसीकाे छाेरा हुन् ! अनमाेलकाे पहिलाे फिल्म दश बर्ष अघि बनेकाे फिल्म हाेस्टल हाे ! हाेस्टेलमा अभिनय गरेपछि उनकाे करियरले पछाडी फर्केर हेर्नुपरेकाे छैन ! यध्यपी गत महिना उनि अभिनित फिल्म फर्कि-फर्कि प्रदर्शनमा आयाे ! अर्काे एक फिल्मसँगै आएकाे फिल्मले अनमाेलकाे गज्जबकाे क्रेज देखायाे ! नेपाली फिल्मकाे खस्कदाे बजारलाई फर्की-फर्कीले केही हदसम्म भएपनि थेग्न मदत गर्याे ! उनि अभिनित अधिकांश फिल्मले बक्स अफिसमा राम्रै व्यापार गरेकाे छ शिबाय छड्के 2.0 ले.युबा फ्यानकाे तुलनामा युवती फ्यान बढि भएका अनमाेलकाे प्रेमचर्चाले सिनेनगरी बेला बखत गर्माउने गर्छ ! केही दिन अघिमात्र कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ईट्स माई साे मा कार्यक्रम प्रस्ताेता ओशिन सिटाैलाले अनमाेल सँग डेट गरिरहेकि नायिका काे हाे भनेर कार्यक्रममा आएका दुई नायिकाहरुलाई साेधेपछि सिने क्षेत्र कन्ट्राेभर्सीले गर्माएकाे थियाे ! नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले जसिता गुरुङ भन्दै दिएकाे जबाफले उनिहरु सँगै कान्तिपुर टिभी र ओशिन आफै पनि कन्ट्राेभर्सिमा परिन् !



उसाे त अनमाेल फिल्म प्रचार-प्रसार काे अलवा अन्य समयमा खासै मिडियामाझ आउदैनन् न त कुनै अनाबश्यक बिषयमा बाेल्छन् नै ? तर पनि उनलाई  प्रेमचर्चा र कन्ट्राेभर्सिले छाेड्दैन ! त्यसाे त अनमाेल केसिसँग डेट गर्न नचाहने नायिका छैनन् हाेला भन्दा फरक नपर्ला ? पिता भुबन केसीकाे समेत अझै प्रेमचर्चा हुन्छ भनेपछि अनमाेलकाे नहुने त कुरै भएन ! आफ्नाे दाेश्राे चलचित्र जेरीमा सँगै काम गरेकी नायिका आना शर्मासँग अनमाेलकाे प्रेम चर्चाले सिने बजारमा राम्रै हाईप पाएकाे थियाे,यध्यपी अनमाेल र आनाले भने केही प्रतिक्रिया दिएका थिएनन् त्यसकारण पनि दुईकाे प्रेम चर्चालाई गसिप मात्र हाे भन्न सकिन्छ ! यता चाैथाे चलचित्र ड्रिम्समा सँगै काम गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाह सँग पनि प्रेमकाे हल्ला चल्याे जुन हल्ला मात्रै जबकि उक्त समयमा साम्राज्ञी अर्का प्रेमिसँग डेटमा थिईन् ! यता पिंजडा ब्याक अगेन फेम नायिका शारा श्रिपालीसँग पनि उनकाे प्रेमचर्चा थियाे ! एक समय सुन्दरी नायिकाकाे उपनाम पाएकि शारा सँगकाे प्रेम पनि हल्ला मात्र थियाे ! शारा केही बर्षयता दुबै बस्दै आएकाे उनी निकट श्राेतले बताएकाे छ ! त्यसपछि उनकाे नाम जाेडियाे माेडल आज्ञा करनजितसँग,,,उनकाे आगामी फिल्म पारसमा समेत सँगै काम गर्ने चर्चा बिच यी दुईकाे प्रेम चर्चा माैलाएकाे थियाे ! आज्ञाले सामजिक संजालमा राखेका तस्बिर स्टाटसले प्रेमकाे छनक दिएकाे थियाे,यध्यपी उक्त बिषयमा अनमाेलले भने कुनै प्रतिक्रिया दिएका थिएनन् ! जसले उक्त प्रेमचर्चा पनि सेलाएकाे थियाे ! यता चलचित्र फर्कि-फर्किमा सँगै काम गरेकाे नायिका जसिता गुरुङसँग पनि उनकाे नाम जाेडिन्छ ! झनै स्वस्तिमा र साम्राज्ञीले एक कार्यक्रमै अनमाेलकाे प्रेमिका जसिता भनेर ईकिंत गरिदिएपछि त झन उक्त प्रेमचर्चाले बिबाद नै निम्त्याएकाे थियाे ! यध्यपी दुबै नायिकाले पछि माफी पनि मागे तर सिने बजारमा अनमाेल जसिता साँच्चिकै अफेयर छन् भन्ने छनक उक्त बिबादले छाेडिदियाे ! तर अनमाेल जसिता दुबैले भने प्रेममा रहेकाे कुनै संकेत दिएका छैनन् ! तसर्थपनि याे पनि हल्लाामात्र नहाेला भन्न सकिन्न,तर हावा नचली पात पनि त हल्लिदैन भने झै पाे हाे कि ? खैर जे हाेस् उनिहरु नै जान्दछन् यदि प्रेममै छन् भने प्रेम जिबनकाे शुभकामना !
पाँच नायिकासँग अनमाेलकाे प्रेमचर्चा-काे काे सँग हल्ला ? कस्लाई गर्छन साँचिक्कै प्रेम ! पाँच नायिकासँग अनमाेलकाे प्रेमचर्चा-काे काे सँग हल्ला ? कस्लाई गर्छन साँचिक्कै प्रेम ! Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 03, 2024 Rating: 5

No comments

Videos