विधालय पठाएको छात्रले शिक्षा लिएर आउनुपर्ने मा रगतसरीको चोटलिएर घर फ्कियो ।

हाम्रो देशमा यस्त समाचार कुनै नौलो भने होईन । एउटा गलत िशक्षकले गर्दा धेरै शिक्षकहरुको ईज्जजतमा कालो दाग लगीरहेको हुन्छ । यस्तै घटना सल्यानमा घटेको छ ।

सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् ।  त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा रहेको संस्थागत विद्यालय सल्यान पब्लिकका शिक्षक चक्रबहादुर डाँगीको कुटाईबाट कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण बिक घाइते भएका हुन् ।



चकचक गरेको भन्दै शिक्षक डाँगीले फलामको स्केल प्रहार गर्दा बालक बिकको टाउकोमा गहिरो चोट लागेको छ । शिक्षक डाँगीले फलामको स्केल प्रहार गर्दा छोराको टाउको काटिएको आमा तुलसा बिकले बताइन् । घाइते अरुणलाई जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर लगिएको छ ।


कक्षाकोठामा पढ्दै गरेका छोरालाई कुटपिट गर्ने शिक्षक चक्रबहादुर डाँगीको बारेमा प्रिन्सिपललाई जानकारी गराउँदा बेवास्ता गरेपछि कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको उनले जानकारी गराइन् । ‘शिक्षक डाँगीले ३ वर्षको उमेरमा छँदा छोरालाई कुटपिट गरेका थिए । त्यो बेला मैले त्यसलाई खासै चासो दिइन् । अहिले पनि त्यही शिक्षकले कुटपिट गरेर घाइते बनाएका छन्,’ उनले भनिन्, ‘चकचक गरे सम्झाउनुको साटो स्केल प्रहार गरेर घाइते बनाउनु कति उचित हो ?’


त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्यले विद्यार्थी कुटपिटका विषयलाई लिएर सोमबार पीडित पक्ष, पालिका र निजी विद्यालयका शिक्षक, प्रिन्सिपललाई राखेर छलफल गरिने बताए । दोषी देखिए शिक्षक डाँगीमाथि कारबाही गरिने उनले बताए ।


शिक्षण पेसा संसारकै सम्मानित पेशामा पर्दछ । एउटा शिक्षकको व्यवहार र उसले बिधार्थीलाई दिएको शिक्षाले समाज हुँदै सिङ्गो देशको भविश्य निर्धारण गर्छ । पिट्नु मात्रै होईन यहाँ त शिक्षकबाटै छात्रा बलतकृत भएको सम्म घटना सुनेका हुन्छौ । विकसीत देशहरुमा शिक्षकले पिट्न त के कराउन सम्म पाउँदैन् ।शिक्षा लिन गएको विधार्थीलाई गाली गलोज गर्न उसको मनोविज्ञानमा धेरैनै ठूलो असर गर्छ । त्यसैले कुनैपनि शिक्षकलाई विधार्थी पिट्ने हप्काउने धम्कि दिने अधिकार हुँदैन ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1531557207774929

विधालय पठाएको छात्रले शिक्षा लिएर आउनुपर्ने मा रगतसरीको चोटलिएर घर फ्कियो । विधालय पठाएको छात्रले शिक्षा लिएर आउनुपर्ने मा रगतसरीको चोटलिएर घर फ्कियो । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 02, 2024 Rating: 5

No comments

Videos