सर्वोच्च अदालत परीसर भित्रै जव वकिललेनै प्रहरीलाई लछारपछार पारिन यस्तो दृश्य देखियो ।

 एकै छिन यी महिलाहरुको कुस्ति हेर्नुहोस । कालो कोट सफेद पाईन्ट लगाएकि यी महिला साँचैनै कालोकोटधारी हुन । अर्थात पेशाले उनि वकिल हुन । पढेर वकिन बनेकि यी महिलाले न्यायमूर्तीको काम गरेपनि आफूलाई भने अपराधको कठधेरामा आफैले हालेकि छिन् ।



यो भिडियो हेर्दा जनि आश्चर्य छ घटना घटेको ठाउँ सुन्दा अझै अचम्ममा पर्नु हुन्छ । यो ठाउँ सर्वोच्च अदालत हो दर्शकबिन जहाँ देशै भरीका अन्यायमा परेका पिडितहरुले न्यायको आशा बोकेर आउँछन् ।


सोमबार दिउँसो सवा २ बजेतिर घटेको घटना मध्येका एक काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी हुन भने अर्कि महिला महिला प्रहरी कर्मचारी हुन । यसरी हात हाल्नु पर्ने खास ठूलो कारण भने केहि देखिन्न । चौधरी सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिन सर्वोच्चको कर्मचारी कहाँ गएकि थिईन र त्यतिकैमा कर्मचारीसंग विवाद चर्किएको रहेछ । मुद्दा फाँटमा हल्ला खल्ला हुन थालेपछि तीन जना महिला प्रहरी सुरक्षाका लागि पुगे । सुरक्षाका लागि पुगेका ती महिला प्रहरीहरुले कालोकोट लगाएकी ती महिलालाई शुरुमा सम्झाउन खोजेका थिए । तर ती महिला एक्कासी महिला प्रहरीमाथि आक्रमणमा उत्रिइन् । उनले ती महिला प्रहरीलाई आक्रमण गर्न थालेपछि थप सुरक्षाकर्मी पुगेर उनलाई नियन्त्रणमा लिएका थिए । अहिले चौधरीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो । प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए । यसरी वकिलहरुले नै मान्छे कुट्न थालेपछि खै न्यायको पक्षमा कस्ले पो बोलिदेला र । बरु नपढेर गुण्डा बन्नु राम्रो होला तर वकिल पढेर गण्डागर्दी गर्नु अहँ खासै सुहाएन लुमा चौधरीलाई ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1389530011737406

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post