सर्वोच्च अदालत परीसर भित्रै जव वकिललेनै प्रहरीलाई लछारपछार पारिन यस्तो दृश्य देखियो ।

 एकै छिन यी महिलाहरुको कुस्ति हेर्नुहोस । कालो कोट सफेद पाईन्ट लगाएकि यी महिला साँचैनै कालोकोटधारी हुन । अर्थात पेशाले उनि वकिल हुन । पढेर वकिन बनेकि यी महिलाले न्यायमूर्तीको काम गरेपनि आफूलाई भने अपराधको कठधेरामा आफैले हालेकि छिन् ।



यो भिडियो हेर्दा जनि आश्चर्य छ घटना घटेको ठाउँ सुन्दा अझै अचम्ममा पर्नु हुन्छ । यो ठाउँ सर्वोच्च अदालत हो दर्शकबिन जहाँ देशै भरीका अन्यायमा परेका पिडितहरुले न्यायको आशा बोकेर आउँछन् ।


सोमबार दिउँसो सवा २ बजेतिर घटेको घटना मध्येका एक काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी हुन भने अर्कि महिला महिला प्रहरी कर्मचारी हुन । यसरी हात हाल्नु पर्ने खास ठूलो कारण भने केहि देखिन्न । चौधरी सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिन सर्वोच्चको कर्मचारी कहाँ गएकि थिईन र त्यतिकैमा कर्मचारीसंग विवाद चर्किएको रहेछ । मुद्दा फाँटमा हल्ला खल्ला हुन थालेपछि तीन जना महिला प्रहरी सुरक्षाका लागि पुगे । सुरक्षाका लागि पुगेका ती महिला प्रहरीहरुले कालोकोट लगाएकी ती महिलालाई शुरुमा सम्झाउन खोजेका थिए । तर ती महिला एक्कासी महिला प्रहरीमाथि आक्रमणमा उत्रिइन् । उनले ती महिला प्रहरीलाई आक्रमण गर्न थालेपछि थप सुरक्षाकर्मी पुगेर उनलाई नियन्त्रणमा लिएका थिए । अहिले चौधरीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो । प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए । यसरी वकिलहरुले नै मान्छे कुट्न थालेपछि खै न्यायको पक्षमा कस्ले पो बोलिदेला र । बरु नपढेर गुण्डा बन्नु राम्रो होला तर वकिल पढेर गण्डागर्दी गर्नु अहँ खासै सुहाएन लुमा चौधरीलाई ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1389530011737406

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post