५८ वर्षीय शिक्षकले आफ्नै छात्रालाई पटकपछटक बलात्कार गरेपछि छात्रा गर्भवती भएकि छिन् ।

 १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका– ११ का शिक्षक शम्भुप्रसाद घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङले जबर्जस्ती करणी मा मुद्दा दर्ता गरेको छ। 


छात्रालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको अभियाेगमा पक्राउ परेका ५८ वर्षीय शिक्षक घिमिरेविरुद्ध आइतबार मुद्दा दर्ता गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरिएको हो। बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको उजुरीका आधारमा पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।


‘आफ्नै शिक्षकले बलात्कार गरेपछि बालिकाको गर्भमा बच्चा बसेको रहेछ। बच्चा हुर्कँदै गएपछि आफन्तले सोधिखोजी गर्दा आफ्नै विद्यालयमा कार्यरत शिक्षकले पटकपटक बलात्कार गरेको छात्राले बताएकी रहिछन्,’ उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरिएका शिक्षकविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको छ।’



मुद्दा दर्ता गरेलगत्तै आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।


बालिकालाई गत पुसदेखि लगातार बलात्कार गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपसहित प्रहरीमा जाहेरी परेपछि प्रहरीले शिक्षक घिमिरेलाई शनिबार नै पक्राउ गरेको थियो । बलात्कार आरोपमा शिक्षकलाई पक्राउ गरिएलगत्तै बालिकालाई शनिबार नै उद्धार गरिएको प्रनाउ खड्काले जानकारी दिए।


उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएकी बालिकाको उपचार सम्भव नभएपछि अस्पतालले आइतबार रिफर गरेको छ। बालिकाको पेटमा पाँच महिनाको बच्चा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्। अस्पतालले रिफर गरेपछि आफन्तको जिम्मा लगाएर थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी गरिएको प्रनाउ खड्काले बताए। बालिकालाई सोमबार थप उपचारका लागि राजधानी काठमाडौं लैजाने तयारी गरिएको छ।


शिक्षाको ज्योति छर्ने र भविष्यको कर्णधार जनमाउने शिक्षकहरुनै यसरी भक्क्षक भएपछि एउटा परिवारले आफ्नो बच्चा कसरी विद्यालय पठाउलान त ? यस्ता समाचार नयाँ नहोलान तर धेरैनै ठूलो अपधार हो यो । सभ्य समाजको निर्माण गर्ने, के सहि के गलत छुटाउने, न्याय र अन्यायको फरक देखाउने, नैतिक शिक्षाको परिभाषा सिकाउने, उतपिडनका परेकाहरुको आवाज बनाउने, हो यी सबै कुराहरुको जिम्मा एउटा शिक्षक शिक्षिकाको हुन्छ तर ति राक्षसरुपि शिक्षकले गर्दा हाम्रा छोरी चेली आफै पिडामा परि रहेको पाहिन्छ । हुन त एउटाले गरेको व्यवहारमा सबैलाई मुछ्न नमिल्ने हो तर विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आफ्ना सहकर्मीहरुको व्यवहार मजले थाहा हुन सक्छ । विद्यालयमा गएर आफ्नो काम विद्यार्थी पढाउने मात्र हो नसोचि छात्र छात्राकझ मनोविज्ञान थोरै पढने पो हो कि ?

Link: https://www.facebook.com/smarttvnepal79/videos/843723077137537

५८ वर्षीय शिक्षकले आफ्नै छात्रालाई पटकपछटक बलात्कार गरेपछि छात्रा गर्भवती भएकि छिन् । ५८ वर्षीय शिक्षकले आफ्नै छात्रालाई पटकपछटक बलात्कार गरेपछि छात्रा गर्भवती भएकि छिन् । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 04, 2024 Rating: 5

No comments

Videos