हेर्दा हेर्दै महाकाली नदीमा हाम फालिन एक किशोरी

 एकै छिन यो भिडियो हेर्नुहोस त ! हेर्दा हेर्दै यी किशोरीले महाकालीको यो धमिलो बाढीमा हामफालेकी छिन् । भिडियोमा मान्छेहरूको भीड देख्न सकिन्छ उनलाई नदीमा हाम्फाल्नबाट रोक्न एक सुरक्षाकर्मी उनी नजिक पुग्न खोज्दै गर्दा  उनी उर्लेर आएको धमिलो बाढीमा हेलिन्छिन् सायद उनलाई मर्नुनै थियो होला । भिडियोमा देखिएका मानिसहरूको भीडले उनलाई नजाऊ भन्दै काराएको, सुरक्षाकर्मीले बचाउन उनी नजिक पुग्दा पनि बचाउन सकेनन्।  

अब यस्तो बाढी सहितको पानीमा उनको सास त के लाश भेट्न सम्म मुश्किल होला । केही समय अगाडि त्रिशूलीमा भएको बस दुर्घटनामा परी ज्यान ज्यान गुमाएकाहरुको अझै अतोपत्तो छैन । आफन्तले सास नभेटे पनि लाश भेटाउने आश मारिसकेका छन् । 

केही समय अगाडि एक बृद्धले पनि बाढीमा हेलिएर प्राण त्यागेकी थीन । यता यो दुःखद घटना सेलाउन नपाउँदै फेरि शनिबार साझा एक किशोरीले धमिलो बाढीमा हेलीएकी छिन् । 


महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरीले हाम फालेकी हुन्।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छिन्। कुँवर दुहुँ गाउँपालिका–४ दाराकी हुन्। हाल उनी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्।



ती किशोरीले महाकालीमा हाम फालेको भिडिओ सार्वजनिक भएको छ। उर्लिंदो महाकालीको किनारको सानो पिल्लरमा किशोरी अडेस लागेर उभिएकी छिन्।


नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्। एकछिनमा ती किशोरी भए नजिक एक जना सुरक्षाकर्मी पुग्छन्। उनको उद्धार गर्ने प्रयास गर्छन् तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छि । यसरी

बचाउने कोसिस गर्दा गर्दै कीशोरी उर्लिंदो महाकालीमा बगिन ।


शनिबार धौलीगंगा बाँध खोलिएकोले महाकालीमा पानीको बहाब पनि बढेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन।


लाउलाउ खाउखाउको उमेरमा त्यस्तो के बाध्यता होला जुन कारण १७ वर्षीय किशोरी महाकालीको उर्लिदो नदीमा हाम्फालेर बेपत्ता भइन् । दर्शकविन अहिले वर्षाको मौषम सुरु भए सगै कति बाढी पहिरोमा परी ज्यान गुमाएका छन् भने कतिले खोला बाढी मा हाम्फालेर आत्महत्या गरेका छन् । बाढीमा हाम्फालेर ज्यान गुमाउनेको संख्या दिन प्रतदिन बढिरहेको छ । यस्तो घटना घट्नुमा एक  मानसिक पीडा एक कारण हुन सक्छ । युवा पुस्तामा अहिले बढ्दो डिप्रेसन इञ्जाइती जस्ता लक्ष्यणहरु देखिने गरेका छन् सरकारले यस्ता लक्ष्यण भएका व्यक्तिहरूको पहिचान गरी समयमै  उचित परामर्श दिई यस्ता घटनाहरू न्यूनीकरण गर्न सकिन्छ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1396330907674809

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post