केहि दिन अघि एमालेका एक समर्थकले बालेनले चुनाब जिने आफ्नो कान
का'ट्छु र कानमा लगाएको सुनपनि बालेनलाई दिन्छु भनेर एक भिडियो भाईरल भएको थियो । बालेनले झापा ५ मा के पी ओलीलाई हराएपछि उत्त कुरालाई लिएर यतिबेला ति महिलाको खेदो खन्ने काम
गरीएको छ । बालेनका समर्थकले बालेनले हारे आत्म हत्या गर्छु भन्नु हुने र के पी ओली ले हाले कसैले कान का'ट्छु
भनेको भरमा कान का'ट्नु पर्छ भनेर एउटा महिलाको पछि लाग्ने हो र ?
के बालेनले हारेको भए आत्'म हत्'या गर्छु भन्नेहरुको पछि मा'र्छु
भन्दै कुद्ने हो
त ? राजनितीमा यस्ता कुरा रामान्य हो । ठूलै नेताहरुलेपनि फागुन २१ मा चुनाब भयो भने राजनिती छाड्छु भनेका थिए ।
कान का'ट्छु भन्ने महिला रेनुका बराल हुन । जो काठमाण्डौमैं बसोबास गर्छिन। उनले हारे कान का'ट्छु
भन्दापनि के पि ओलीले जित्नु हुन्छ भनेकि हुन । कान त एउटा सांकेतिक शब्द मात्र थियो । सामाजिक सञ्जालमा Facebook, Tiktok मात्र नभई उत्त महिलालाई एक भिडियोमा कालिमाटि
सब्जि मण्डिमा सबैले कान का'ट्नु पर्छ भनेर र्याकर्याख्ति पारेको देखिन्छ
र उनलाई केहि बोल्न नदिई सबैले एको होरो कान कान का'ट्ने भनेको देखिन्छ । यस्तो व्यवहार उनले सहन नसकेपछि उनि त्यहाँबाट जान्छिन् । त्यस्ता कुराले उनलाई मानसिक रुममा मात्र हैन भौतिक रुपमापनि निरन्तर आक्रमण गरीएको देखिन्छ ।
उनको फोन नं सामाजिक सञ्जाल भारी छताछुल्ल पारेर उनलाई कान काट्नु पर्छ भन्दै फोन
गरेर देशमा रहेका र देश बाहिर बस्नेहरूले समेत दवाव दिएको देखिन्छ
एक व्यस्क महिला भएका कारण यस्ता कुराले उनको मानसिकमा ठूलो असर पर्न जान्छ जस्को परिणाम घा'तक बन्न सक्छ । भोली ती महिलाले कुनै गलत कदम उठाईन भने जवाफदेहि को ?
पहिलो जिम्मेवार रास्वपाका बरिष्ठ नेता बालेन साहा हुनुपर्छ, दोस्रो जिम्मेवार रास्वपा सभापति रवि लामिछाने र त्रःमस त्यो पाटिका सदस्य, समर्थकपनि जिम्मेवार हुनु पर्छ ।
चुनाब जित्नु अघि सबै एक अर्काको प्रतिसपर्धी थिए तर जितिसकेपछि कोहि कसैको प्रतिस्पर्धी रहँदैनन् । बालेनले जित्नु भनेको एमालेका कार्यकर्ता समर्थक तथा शुभचिन्तकलेपनि जित्नु हो । अब बालेन केवल रास्वपाको मात्होर ईनन् उनी सबै नेपाली जनताका हुन ।
रास्वपाको नाम गरेर अब कसैलाई आलोचना गर्न, छेडखानी गर्न, तथा गिज्याउन बन्द गरीयोस । देशमा रास्वपा मात्र भएको भने जित रास्वपाको हुने थिएन प्रतिस्पर्धानै हुँदैन थियो । लोकतन्त्रको सुन्दर उपहार भनेको आफ्नो बिचार खुलेर राख्न पाउने अधिकार सबैलाई दिईएको हुन्छ र त्यसमा आफुलाई मन पर्ने पाटिला खुलेरै समर्थन गर्न पाउनु पर्छ ।

Tags
Politics
