औँलो दिँदा डुडुलो निल्न नपुगेका भगौडा मन्त्रीहरू:-
काठमाडौं । अन्ट्रीम सरकारमा मन्त्री पद पाएपछि “देश सेवा” को भाषण, तर चुनावको घण्टी बज्नासाथ कुर्सी छोडेर उम्मेदवारीतर्फ दौड—यही हो हाम्रो नयाँ राजनीतिक दौड प्रतियोगिता।
जनताले औँलो समात्न दिएको हो, तर डुडुलो निल्न नपाइएपछि मन्त्री पद नै भारी लागेझैँ देखियो।
🏃♂️ दौडमा अगाडि रहेका नामहरू:
• कुलमान घिसिङ – ऊर्जा मन्त्री (बत्ती बालेर आफैँ राजनीति उज्यालो पार्न दौड)
• जगदीश खरेल – सञ्चार मन्त्री (सूचना छोडेर प्रचारतर्फ व्यस्त)
• महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री (नवप्रवर्तनभन्दा चुनावी गणित प्राथमिक)
• बाब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्री (खेल मैदान छोडेर राजनीतिक ट्र्याकमा स्प्रिन्ट)
जनताको व्यङ्ग्य प्रश्न अझै उही छ—
मन्त्री पद सेवा गर्नका लागि थियो कि चुनाव जित्ने अभ्यासको मैदान? 😌
#kulmanghising #jagdishkharel #mahabirpun #BabluGupta #smartnepal
